व्यावसायी खत्रीद्धारा आमा बाबाको नाममा जेहेन्दार बिद्यार्थीको लागि अक्षयकोष स्थापना

नेपाल आज

समाजसेवी तथा व्यावसायिक व्यक्तित्व तथा तुलसीपुर उद्योग बाणिज्य संघ दाङका पुर्ब अध्यक्ष दिपेन्द्र कुमार खत्रीले सल्यान उद्योग बानिज्य संघमा अक्षयकोष स्थापना गरेका छ्न। आफ्ना स्वर्गिय मातापिता कालुराम र लिलावती खत्रीको सम्झणामा खत्रीले १ लाख १ हजार १ सय ११ रुपैयाँको कोष स्थापना गरेका हुन।सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकीलाई खत्रीले अक्षयकोषको रकम हस्तान्तरण गरेका हुन।

उनले स्थापना गरेको अक्षय कोषबाट प्राप्तहुने ब्याज रकमबाट प्रत्येक बर्ष गरिव तथा जेहेन्दार बिद्यार्थी हरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।खत्रीले आफू अध्ययन गरेको दुर्गा सरस्वती माबी बाफुखोला र तुलसीपुर उद्योग बानिज्य संघमा समेत १ लाख १५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिसकेका छन।खत्री सल्यानको बाफुखोला निवासी हुन ।उनी नेपाली काँग्रेसको राजनीतिमा समेत सक्रिय छन् ।नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका खत्री अन्य दर्जन बढि संघसंस्थामा आबद्ध छन् ।

विकको मध्यपश्चिम विकास क्षेत्रको उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत भैसकेका खत्रीको उद्योग क्षेत्रमा ठुलो लगानी र मेहनत समेत छ ।साविकको राप्ती अञ्चल बाट उद्योग बाणिज्य संघ बाट प्रतिनिधित्व गर्दै आएका खत्री लोकप्रिय व्यावसायीको रुपमा परिचित छन ।
जन्मथलो सल्यान बाफुखोला भएका खत्रीले कर्मथलो दाङको तुलसीपुरलाई बनाउदै आएका छन ।२०५७ साल मा तुलसीपुर उद्योग बाणिज्य संघको सदस्य हुदै सहसचिव ,कोषाध्यक्ष बाट तुलसीपुर उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्षको नेतृत्व गरेको अनुभव समेत उनी सँगछ । दुई बर्षको कार्यकालमा तुलसीपुर उद्योग बाणिज्य संघले खत्रीलाई एक कार्यकाल सर्वसम्मत अध्यक्ष नेतृत्वको जिम्मेवारी दिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *