प्राधिकरणमा कुलमानलाइ ल्याउने तयारी भएपछि शाक्यले पत्रकार सम्मेलन गरेर दिए प्रतिक्रिया

बिज्ञान-प्रबिधि राजनीति

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई राजीनामाको अनुरोध वा निर्देशन कहिँकतैबाट नआएका दावी गरेका छन् ।बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक बाटा दिइए प्राधिकरण छाड्न तयार भएको तर अक्षम भनेर निकाल्न खोजिए शैह्य नहुने बताए ।‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु’, उनले भने, ‘अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएसँगै शाक्यले यस्तो बताएका हुन् । देउवाले शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउन चाहेका छन् भने सोही अनुसारको तयारी गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिइसकेका छन् ।उनले आफूले कार्यकाल सम्हालेयता प्राधिकरण सुधारको काम धेरै गरेको पनि दावी गरे ।उनले आफु अपमानजनक तरिकाबाट नभई सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको संकेत समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *