लागु औषधको दुरुपयोग तथा अवैध कारोवारले सम्पूर्ण परम्परागत, सामाजिक, राजनीतिक तथा राष्ट्रिय सीमा नाघेको छ। यसले विश्वव्यापीरुपमा अवणीय समस्या र अपराधको असैहृय पीडा दिएको छ। लागु औषधको दुरुपयोग र यसका दुरुपयोगकर्ताले आफ्नै शरीर परिवार, समुदाय र राष्ट्रकै भविष्यमा कुठाराघात पारेका छन्। नेपालका शहरी क्षेत्रमा लागु औषधका कारण कतिपय युवायुवतीहरु यसबाट पीडित छन्। तिनका बाबु आमा र इष्टमित्रहरु पनि यसरी नै प्रताडनामा परेका छन्। यसतर्फ समाज, राजनीतिक दल र बुद्धिजीवीहरुले चासो राख्नुपर्दछ। परिवार र समाजलाई यसले पारेको असरप्रति राज्य मुकदर्शक भएर बस्न मिल्दैन !
लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो हुन्छ। यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गर्दछ। यो मादक पदार्थ (रक्सी) भन्दा दशौं गुणा हानिकारक छ। हामीले देखेका छौ, टोलछिमेकमा अवैधरुपमा रक्सी ब्रि्री गरेका कारण आमा समूहसमेतको विरोध भएको छ। तर लागु औषधको यो बिगबिगी उनीहरुको पहुँचभन्दा टाढा देखिन्छ।
नेपाली समाजका आमा समूह, टोल सुधार समिति, मानव अधिकारवादी, समाज सुधारकहरुले गम्भररुपमा यसलाई लिनुपर्दछ अन्यथा हाम्रा छोराछोरी पनि कुलतमा फस्लान्। कतिपय परिवार, टोल सुधारकहरु र आमा समूहहरु लागु औषध ब्रि्री व्यवहार गर्ने, ओसारपसार गर्ने त्यसलार्इ, सहयोग गर्ने प्रशासक र अड्डा-अदालत उनीहरु चिन्दैनन्। आफनो व्यथा आफैमा थन्क्याएको पाइन्छ। उनीहरु आन्तरिकरुपमा हारगुहार त गर्छन्। उपाय लाग्दैन अनि पुग्छन्, पुनस्र्थापना केन्द्र, अहिले नेपालका विभिन्न ठाउँमा पुनस्र्थापना केन्द्र स्थापना गरी उपचार गरिएको छ। यो समाधान चाँही होइन। उद्योगधन्दा खोलेर युवाहरुलाई रोजगार दिनुपर्ने अवस्थामा पुनस्र्थापना केन्द्र खोल्नु परेको छ। यो बाध्यता हो। समाजको पीडा हो।
लागु पदार्थको दुर्व्यसनले मानिसको शारिरिक तथा मानसिक दुर्वलता ल्याउनुको साथै मस्तिष्कमुटु र फोक्सोजस्ता संवेदनशील इन्द्रीयहरुमा आघात पारी मानवीय स्वास्थमा नै खराब असर पार्छ। ती लागु पदार्थले मानिसलाई आलस्यजनक, भ्रमात्मक असर भएका, उत्तेजकरुपमा प्रयोग गर्दछन्। यो समाज विरुद्धको गम्भीर अपराध हो। यसको दुरुपयोगबाट लुटपाट, चोरी, डकैती, वेश्यावृत्ति, आत्महत्या, ठगी आदिजस्ता अपराधहरु बढ्दै गएका छन्।