नीम जति तितो छ यसका फाइदा उति नै मिठो छ, नीमको यसरी प्रयाेग गर्नुहोस

कृषि / उर्जा शिक्षा

एजेन्सी । नीम हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हुने गर्छ तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् । यसको रस को सेवन गर्न सजिलो हुने हुदा, त्यहि रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिन सकिने छ । यस्ता छन् नीमका फाइदाहरु:-                                        १) आँखा दुखेमा:- नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३-४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ । दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने । २) कपाल दुखेकोमा:- नीमको ताजा पातको रस निकालेर २-२ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ ।                ३) ज्वरो आएमा:- यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस्, आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ । ४) दाँतको रोगमा:- नीमको फूलको काँ-ढा पकाएर बिहान-बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन ।            ५) औलोको ज्वरोमा:- नीमको बोक्रा, कु`टकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान-बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ । ६) ना-थ्री फु-टेमा:- नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।                                                  ७) कान दुखेमा;- नीमको पातको रस मनतातो पारेर कानमा ३-४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ । ८) रतन्धो भएमा:- नीमको तेल आँखामा लगाउने र हरियो ८-१० पात खाली पेटमा ३ दिनसम्म खानाले ठीक हुँदै जान्छ ।                                              ९) आँखा धमिलो र फूलोमा:- नीमको फूलको गाजल गाइको घ्यूमा बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत का-ट्न धेरै मद्दत गर्नेछ । १०) दमको रोगमा:- नीमको तेल १० थोपा सादापानमा हालेर बिहान-बेलुका खाने गरेमा दम ठीक हुन्छ ।११) जुका परेमा:- दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु म-र्द छन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २-४ दिनमा नै पेटको जुका म-र्ने छन् ।१२)  झाडा लागेमा:- नीमको बोक्रा १ चम्चा, २ गिलास पानीमा पकाएर आधा गिलास बनाई छानेर दिनको तीन पटक खाएमा झाडा लागेको ठीक हुन्छ । १३) अपच, अरुची भएमा:- नीमको पाकेको गेडा ४-५ वटा नियमित खाने गरेमा अपच, अरुची भएको कम हुदैं जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *