समाजसेवी तथा व्यावसायिक व्यक्तित्व नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दिपेन्द्र कुमार खत्रीलाई नेपाली काँग्रेसले कर्णाली उद्योग तथा व्यापार विभागकाे संयाेजकमा नियुक्त गरेको छ ।नेपाली काँग्रेस व्यापार तथा उद्योग विभागका प्रमुख चिनकाजी श्रेष्ठले उनलाई कर्णाली प्रदेश संयाेजककाे जिम्मेवारी दिएको बताए ।
नेपालीकाे विधान २०१७ (संशोधन सहित)काे धारा ३७ /१ / काे उपधारा ( ज)बमोजिम देशको उद्योग वाणिज्य क्षेत्रकाे समग्र अध्ययन अनुसन्धान गरि नीति बनाउने र उद्योग तथा वाणिज्य क्षेत्रमा क्रियाशील संघ संस्था सँग सम्पर्क र समन्वय गर्ने कार्यमा विभागलाई सहयोग पुर्याउन खत्रीलाई कर्णाली प्रदेश संयाेजककाे जिम्मेवारी दिइएको बताइएको छ ।
खत्री नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् ।नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका खत्री अन्य दर्जन बढि संघसंस्थामा आबद्ध छन् । साविकको मध्यपश्चिम विकास क्षेत्रको उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत भैसकेका खत्रीको उद्योग क्षेत्रमा ठुलो लगानी र मेहनत समेत छ ।साविकको राप्ती अञ्चल बाट उद्योग बाणिज्य संघ बाट प्रतिनिधित्व गर्दै आएका खत्री लोकप्रिय व्यावसायीको रुपमा परिचित छन ।
जन्मथलो सल्यान बाफुखोला भएका खत्रीले कर्मथलो दाङको तुलसीपुरलाई बनाउदै आएका छन ।२०५७ साल मा तुलसीपुर उद्योग बाणिज्य संघको सदस्य हुदै सहसचिव ,कोषाध्यक्ष बाट तुलसीपुर उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्षको नेतृत्व गरेको अनुभव समेत उनी सँगछ । दुई बर्षको कार्यकालमा तुलसीपुर उद्योग बाणिज्य संघले खत्रीलाई एक कार्यकाल सर्वसम्मत अध्यक्ष नेतृत्वको जिम्मेवारी दिएको थियोे