राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले बुधबार सूचना जारी गर्दै कोरोना महामारीका कारण यसअघि स्थगित गरिएको परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गरिने बोर्डले जनाएको छ ।
यसअघि साउन ३१ ग्तेदेखि सञ्चालन हुने भनिएको परीक्षा कोरोना भाइरस संक्रमण दर बढेको भन्दै बोर्डले स्थगित गरेको थियो । सरकारले परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियान समेत सञ्चालन गरिसकेको छ ।