दाङको तुलसीपुरमा एक युवकको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका ४ नयाँबस्ती निबासी २० वर्षिय टोप बहादुर पुनको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन।
उनको आज बिहान ३:३० बजे तिर उपचारको क्रममा तुलसीपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनको साथमा रहेका कपुरकोटका शंकर डागी गम्भीर घाईते रहेको प्रहरीले जानकारी दिएको छ। उनलाई लाठी र धारिलो हतियार प्रहार भएको छ।
उनलाई थप उपचारका लागि बाँके लगिएको प्रहरीले जानकारी दिएको छ। घटनामा सम्लग्न रहेकाहरु सबै फरार रहेको र उनिहरुको खोजी कार्य तीब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन।