राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन बुधबारदेखि काठमाडौंमा हुँदैछ ।
यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ । तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो ।
आजदेखि काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन हुनेछ । महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन् ।
राप्रपाका अरू अध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षमा प्रतिस्पर्धा नगर्ने भएका छन् । राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको छ । महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ ।
को हुन् राजेन्द्र लिङ्देन ?
युवा पुस्ताका संभावित नेता हुन्, लिङ्देन । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत हुन्। उनी नेपालको पहिलो सङ्घीय संसदका सदस्य हुन्। वि.सं.२०७४ को नेपालको आम निर्वाचनमा उनी झापा ३ निर्वाचन क्षेत्रबाट ४४,६१४ ५६.५२% मत ल्याएर निर्वाचित भएका थिए ।
आदिवासी समुदायका भएर पनि उनलाई जातिय आरक्षणको बिरोधी नेताका रूपमा चिनिन्छ।
राजेन्द्र लिङ्देनको जन्म वि.सं।.२०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो। प्रहरी सेवामा रहेका उनका बाबुको जागिर झापामा भएकाले ढुङ्गेसाँघु ९ताप्लेजुङ० मा जन्मेपनि उनको बाल्यकाल भने झापा मा बित्यो। उनले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन्।
राजनैतिक जीवन
२०७१ को पार्टी महाधिवेशनमा उनले केन्द्रिय सदस्यमा खुला तर्फ सर्वाधिक मत ११०८ मत पाएका थिए।
२०७८ मा हुने राप्रपाको महाधिवेशनको लागि २०७८ मंसिर ९ मा लिङ्देनले अध्यक्षमा र धवल शम्शेर राणाले महामन्त्रीमा उमेदवारी घोषणा गरेका थिए। उनले महामन्त्री धवलशमशेर जबरासहितको प्यानल घोषणा गर्दै अहिलेको नेतृत्वबाट पार्टी नचल्ने पनि बताएका थिए। उनले भनेका थिए ,अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबाट पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौं है भनेर हामीले कार्यक्रम गरेका हौँ। धवल शमशेर राणाले मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको छ, त्यो म स्वीकार गर्छु र अधिवेशनबाट अध्यक्ष लड्ने घोषणा गर्दछु’, उनले भने, ‘म नेतृत्वलाई गाली गर्दिन, समयले परिवर्तन खोज्यो। त्यसैले अध्यक्षमा उमेदवारी घोषणा गरेको हो। उनले यसलाई बिद्रोह नभई बाध्यात्मक कदम बताएका थिए।
एकता महाधिवेशनमा अध्यक्षको प्रत्यासी
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले नयाँ पुस्ता पार्टीको नेतृत्व गर्न योग्य भएको बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र रहेका अग्रज नेताहरूलाई लक्षित गर्दै नयाँ पुस्ता पनि पार्टीको नेतृत्व गर्न योग्य भएको र नेतृत्व गर्न सक्छौँ भनेर अग्रजहरूकै अभिभावकत्वमा राप्रपालाई नेपालको एक नम्बर पार्टी बनाउन सक्छौँ भनेर आँट गरेको बताए । आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका उच्चकोटीका नेताहरूले अपमानित हुनु नपर्ने उनले बताए । देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको उनको भनाई थियो। आफ्नो उम्मेदवारी कसैको विरोधमा नभएर देशको आवश्यकता, पार्टीको आवश्यकता र कार्यकर्ताको भावना अनुसार रहेको बताए । अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो भने कुनै पार्टीको दलाली गरेर दुईचार वटा मन्त्री खाने पार्टीमात्र हुने उनको भनाई थियो ।