चन्द्र सुर्य यातायात प्रालिले महाेत्सव सञ्चालन गर्दै

मनोरञ्जन समाचार

तुल्सिपुरमा यहीँ मंसिर २३ गतेदेखी प्रादेशिक महोत्सव हुने भएको छ । चन्द्र सुर्य यातायात प्रालिले प्रथम प्रादेशिक फेस्टिबल नाम दिएर महोत्सव गर्न लागेको हो । प्रालिले बुधबार पत्रकार सम्मेलनगरी पर्यटन प्रवद्धनकालागि महोत्सव गर्न लागेको जानकारी दिएकाे हाे । महोसत्व मुल आयोजक कमिटीका संयोजक सम्भु रेग्मीले दाङको पर्यटन प्रवद्धनकालागि महोत्सव आयोजना गर्न लागेको बताएका हुन् । उनका अनुसार महोत्सव संचालनकालागि जिल्ला प्रशासन कार्यालय दाङले अनुमती समेत दिइसकेको छ । महोत्ससवमा व्यापारीका प्रयोजनकालागि विभिन्न स्टल राखिने छ । महोत्सव अवधीभर प्याराग्लाइडीङको मनोरञ्जनको व्यवूथा समेत गरिएको महोत्सवका प्रचारप्रसार संयोजक गणेश आचार्यले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए । आचार्यका अनुसार महोत्सवमा बद्री पंगेनी लगाएतका राष्ट्रिय तथा स्थानीय कलारले मनोरञ्जन दिने छन् । महोत्सव तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बरुवागाउँमा संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *