सबिना दाहाल कविता: आमाको सदिच्छा

फोटोफिचर विचार स्वास्थ

आमा तिम्रा सपना किन हो
मैंले पूरा गर्न सकिन
यो स्वार्थी दुनियाँमा
मैंले आफ्नो स्थान बनाउँन सकिन ।

तिमीले मात्र एकअञ्जुली
सेता फूल त मागेकी थियौ
तर
तिम्रो त्यो पवित्र चरणमा मैंले
सेता फूलहरू चढाउँन सकिन
आमा
मलाई माफ गर्नु है
मैले तिमीले मागेको सेतोफूल
तत्काल तिमीलाई दिन सफल भईँन ।

तिम्रो एउटै सपना थियो
आफू स्वर्गसरि शृङगारिएको हेर्ने
तर आमा
मैंले तिमीलाई सिंगार्न सकिनँ
किन कि
मैले तिमीलाई सिंगार्न
पवित्र पुष्पगुच्छाहरु भेटाउनै सकिनँ ।

एउटै चाहना त थियो तिम्रो
यो पवित्र पुण्यभूमिमा
कोहीपनि भोक अनि शोकले नमरुन्
यो पुण्यभूमि छोडेर
कोही पनि मरूभूमिमा नजाउन्
तर आमा मलाई माफ गर है
मैंले तिम्रो चाहनाको मान राख्न सकिनँ ।

किनकि
तिम्रो यो पवित्र भूमि
आज हत्या, हिंसा
अनि भ्रष्ट्राचारले अपवित्र भएको छ
त्यसैले त आमा
आज तिम्रा कैयौँ सन्तान
तातो मरूभूमिमा
रगतका पसिना बगाउँदैछन् ।

आमा तर म
तिम्रा ती सुन्दर सपनाहरु पूरागर्न
हरतरहले कोसिस गर्नेछु
मैंले जसरी पनि
सफल हुँनुछ
तिम्रा सुन्दर सपना पूरा गर्नुछ
मलाई आशीर्वाद देऊ
आमा
मलाई विजयको आशिर्वाद देऊ
म जसरी पनि विजयी हुनुछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *