समाजिक कार्यमा जित ग्रुप अफ कम्पनीद्वारा संचालित द लिडिङ नेपाल उपचार तथा पुनःस्थापना केन्द्र

राजनीति शिक्षा समाचार स्वास्थ

दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेकाे आशाका किरण संस्था अनि जित ग्रुप अफ कम्पनीद्वारा संचालित द लिडिङ नेपाल उपचार तथा पुनःस्थापना केन्द्रले न्यानाे माया कार्यक्रम सुरु गरेकाे छ । जाडाे माैसममा बालबालिका तथा जेष्ठ नागरिकहरु बढी समस्यामा पर्ने गरेका कारण उनीहरुलाइ माया दिन र जाडाेबाट बचाउन न्यानाे कपडा वितरण गर्न सुरु गरेकाे हाे ।

गरिव तथा अतिविपन्न परिवार र सडक आश्रित मानवहरुलाइ विशेष प्राथामिकतामा राखेर विभिन्न संघ संस्था तथा व्यक्तिहरु सँग सहयाेग माग गरेर साे अभियान सञ्चालन गरेकाे संस्थाका अध्यक्ष सुर्यकिरण केसीले जानकारी दिएका छन् । उनि लिडिङ नेपालका समाजिक परिचालक पनि हुन, यसै क्रममा बुधवार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा न्यानो कपडा बल्याङकेट वितरण गरिएको छ । विभिन्न संघ संस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगमा आशाका किरण संस्थाले बुधवार आश्रममा पुगेर २८ थान बल्याङकेट प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *