दाङ ३ फागुन, कालिकोट । राष्ट्रघाती एमसीसी विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनैतिक दलहरुले (भोली) फागुन ४ गते नेपाल वन्दको घोषणा गरेका छन । एमसीसी सम्झौँतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट भोली पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा सहित ६ राजनैतिक पार्टीहरुले नेपाल वन्दको घोषणा गरेका हुन ।
नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन । उनीहरुले राष्ट्रघाती एमसीसी खारेज गर्नु पर्ने माग गर्दै नेपाल वन्दको घोषणा गरेका हुन । ६ राजनैतिक दलहरुले राष्ट्रघाती एमसीसी विरुद्ध सड्कमा आएर विरोध गर्न र सम्पूर्ण उद्योग कलकारखाना, यातायात सेवा वन्द गर्न आहवान गरेकाछन ।
यसैविच नेकपा दाङले पनि दाङका सवै व्यवसाय, उद्योग कलकारखाना,यातायात सेवा र कार्यालयहरु वन्द गर्न अपिल गरेको छ ।