होली मिलन कार्यक्रम जित ग्रुप अफ कम्पनीको सहकार्य सम्पन्न

कला/साहित्य फोटोफिचर राजनीति समाचार

हिरा डागी , चैत्र ४  होली मिलन कार्यक्रम २०७८ जित ग्रुप अफ कम्पनीद्वारा संचालित द लिडिङ नेपालको सहकार्य तुल्सिपुर बाहिनिचौकमा सम्पन्न !    तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती मगरको प्रमुख आतिथ्यमा एवम अनलाइन टिभी पत्रकार संघ दाङ शाखाका सचिव एच.आर. मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती मगरले होलि सबैले हर्षोल्लास भड्किलो रहित तरिकाले मनाउनु पर्छ बताएका थिए ।

कार्यक्रममा निवर्तमान राष्ट्रिय सभा सदस्य कोमल वली, तुलसीपुर डान्सर स्कुलका अध्यक्ष जागेश्वर वली, नेकपा एमाले जिल्ला कमिटि सदस्य सुनील आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अनलाईन टिभी पत्रकार संघ दाङ र तुलसीपुर डान्स स्कुलको आयोजना तथा न्यु स्वर्गद्वारी ट्रेडर्स, प्रदेश टेलीभीजन, अजम्बरी अनलाईन डट कम,द लिडिङ नेपाल,दीयालो अनलाई को सह आयोजनामा आज तुलसीपुरको बाहिनी चोकमा होली मिलन कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा लोकदोहोरी गायक प्रेम विवश घर्ती, शान्तराम सेन्चुरी, डान्सर साबित्रा बिक, श्रीस्ठी परीयार,साखिरा घर्तीमगरका साथै तुलसीपुर डान्स स्कुलका विद्यार्थीहरुले आकर्षक प्रस्तुती राखेका थिए ।

मदन विक मुस्कानको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम सञ्चालन भने अनलाइन टिभी पत्रकार संघ दाङ शाखाका सदस्य नवीन वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *