भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन समिक्षा र भावी योजना का बिषयमा बसेको राप्रपा दाङ्ग निर्वाचन क्षेत्र न.३ को क्षेत्रीय बैठकले विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ।
पार्टी लाई थप चलायमान र प्रत्यक्ष जनता संग जोडिने कार्ययोजना सहित सप्पन्न बैठकले निर्वाचनमा उठेका सम्पुर्ण उम्मेदवारहरुलाई रचनात्मक जिम्मेवारी दिने,वडा,पालिका,प्रदेश र क्षेत्रीय समितिको जिम्मेवार पदहरुमा रहेर पनि निर्वाचनको दौडानमा सक्रिय/निष्क्रिय भएका साथीहरुको अभिलेख राख्ने लगायतका यावत् समस्याहरुको निराकरण गर्ने निर्णयहरु गर्दै बैठक समापन भएको छ।उक्त बैठक क्षेत्रीय अध्यक्ष छोटिलाल थारु,केन्द्रिय सदस्य दामोदर भण्डारी ,निवर्तमान जिल्ला अध्यक्ष हंसराज के सि ,विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष जित वली,निवर्तमान क्षेत्रीय अध्यक्ष एवम् उपमेयर उम्मेदवार प्रेम शाह लगायतका नेताहरुको सक्रियतामा बसेको बैठकको सहजीकरण विद्यार्थी संगठनका निवर्तमान जिल्ला अध्यक्ष यम भण्डारीले गर्नुभएको थियो।