पेट्रोलियम पदार्थ,खाना पकाउने ग्यास र रासायनिक मलको मुल्यबृद्दीका विरुद्ध राप्रपाका नेताहरु सडकमा।
पछिल्लो समयमा दिनानुदिन भैरहेको मुल्यबृद्दीका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ्गले बिरोध प्रदर्शन गरेकोछ। तुलसीपुरको बाहिनी चोक बाट भएको बिरोध र्याली नाराबाजी गर्दै बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो।उक्त कोण सभामा पुर्व क्षेत्रीय अध्यक्ष प्रेम बहादुर शाह र निवर्तमान जिल्ला अध्यक्ष हंसराज केसीले सम्बोधन गर्नुभएको थियो। पछिल्लो समय जनताको ढाड सेकिने गरि भएको चरम मुल्यबृद्धी तत्काल फिर्ता लिन सरकार संग माग गर्दै सुनुवाइ नभए थप रचनात्मक आन्दोलनहरु चर्काउदै लैजाने कुरामा स्पष्ट हुन र किसानका समस्यामा केन्द्रित हुन स्थानीय सरकार लाई पनि ध्यानाकर्षण गराउदै बेवास्ता गरि किसानहरु मल र बिउ खोज्दै भौतारिने अवस्था आए आफुहरु स्थानीय सरकार छ भनेर चुप नलाग्ने भन्दै कडारुपमा प्रस्तुत भएका थिए।