आज एक कार्यक्रमका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ्ग निर्वाचन क्षेत्र न ३ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी स्थापना कालदेखि निरन्तररुपमा सकृय भुमिका र कृयाशिल जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच अभिनन्दन गरेको छ। पार्टीका क्षेत्रीय अध्यक्ष छोटिलाल थारुको सभापतित्वमा सुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य दामोदर भण्डारी,निवर्तमान केन्द्रिय सदस्य टोपबहादुर शाह,निवर्तमान जिल्ला अध्यक्ष हंसराज केसी,पुर्व क्षेत्रीय अध्यक्ष प्रेम बहादुर शाह,निवर्तमान बिध्यार्थी केन्द्रिय उपाध्यक्ष जित जंग वली,मिडिया नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तेज ओली लगायतले मन्तव्य राख्नुभएको थियो। पार्टीका नेता ओज बहादुर खड्काले स्वागत मन्तव्य दिएर सुरु भएको कार्यक्रमको सहजीकरण पार्टीका क्षेत्रीय सचिव यम भण्डारीले गर्नुभएको थियो। आज सप्पन्न ३३ औ पार्टी स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पुर्वजहरुले अबिचलित रुपमा निरन्तर पार्टीमा पुर्याएको योगदानको चर्चा गर्दै स्वर्गीय नेता क्षेत्र बहादुर शाह,देबेन्द्र गिरि,बालकृष्ण शाह,दिनेश न्यौपाने,शेर बहादुर थापा,तिलक मज्गैया लगायतका नेताहरुले पार्टी निर्माणमा खेलेको भुमिका र अभिनन्दन हुनै लागेका पार्टीका जेष्ठ सदस्यहरुले पार्टी प्रती देखाएको त्याग,तपश्या,समर्पण र जस्तो सुकै लोभ,लालच,डर,धाक र धम्किको परिस्थितिमा पनि अबिचलित रहेर अझै सशक्त भुमिकामा बाधिनुभएका पुर्वजहरु र उहाँहरुले देखाएको बाटो लाई अबिचलितरुपमा अनुशरण गर्ने प्रतिबद्धता सहित शुभकामना मन्तव्य राखिरहनुभएका जिल्ला अध्यक्ष हंसराज केसीले शुभकामना मन्तव्य सहित चर्चापरिचर्चा गर्दैगर्दा एकछिन कार्यक्रममा सन्नटा छाएको थियो। उक्त कार्यक्रममा अभिनन्दन भएका पार्टीका जेष्ठ सदस्यहरु ३३ औ बर्ष सम्म पार्टी प्रती देखाएको त्याग र समर्पण लाई मुल्यांकन गरेकोमा कृतग्यता व्यक्त गरेका थिए।उक्त कार्यक्रममा ८० वर्ष माथीका जेष्ठ सदस्यहरुलाई सम्मान एवम् अभिनन्दन गरिएको थियो।
