जेठ २१ दाङ
दाङको तुलसीपुर उपमहानगरपालिका राप्रपाका नगर अध्यक्ष पर्बत बस्नेतको अध्यक्षतामा भेटगाट तथा बनभोज कार्यक्रम रहेको थियो ।
बस्नेतको अध्यक्षमा रहेको कार्यक्रममा प्रमुख अतिथि प्रदेश उपाध्यक्ष भुपाल रावत, विशिष्ट अतिथि उमाकान्त भण्डारी,लक्ष्मन के सि, दिपक जंग के सि, बिद्यार्थी नेता जित जंग वली, मिडिया नेपाल लुम्बिनी प्रदेश संयोजक तेज वली
लगायतका १९ वडाका राप्रपाका १९ वडा अध्यक्ष लगायत अन्य थुप्रै अतिथिको उपस्थित रहेको थियो ।
प्रमुख अतिथि रावतले पार्टीको लागि बोल्दै गर्दा अतिनै राम्रो सल्लाह शुझाब दिनु भयो।त्यसै गरि अध्यक्ष बस्नेतले पनि गम्भीर भएर हरेक समयमा पार्टी संगठनको भेटघाट गर्नी गराउनी कुरालाई अतिनै आग्रह गर्नु भयो र जुझारु युवाको खाचो छ भन्दै आफ्नो भनाइ राख्नु भएको थियो । उक्त कार्यक्रममा नगर उपाध्यक्ष, सचिब अनि कोषाध्य नियुक्त गरिएको थियो, कार्यक्रमको सहजीकरण श्रीमणि न्यैपानेले गर्नु भएको थियो ।