मिति २०७९/०४/१६ गतेका दिन जित ग्रुप अफ कम्पनी प्रा.लि द्वारा संचालित द लिडिङ नेपाल का अध्यक्ष जितेन्द्र वलि (जितजंग) को अध्यक्षता एवं तुलसीपुर उप-महानगरपालिका का उप-मेयर स्यानी चौधरी को प्रमुख आतिथ्यतामा तुलसीपुर उप-महानगरपालिका वडा नं. ५ स्थित ज्ञानज्योति आधारभुत विद्यालयको प्राङ्गणमा “लागु औसध दुर्व्यशन त्यागौं , स्वस्थ र खुसियाली जीवन विताऔं ” भन्ने मुल उदेश्यका साथ ” शान्ति सुरक्षा एवं जनचेतनामूलक कार्यक्रम २०७९ ” कार्यक्रम सव्य र भव्यका कार्यक्रम सम्पन भयो । उक्त कार्यक्रममा राजनीतिक दलका नेतागन , समाजसेवी , बुद्धिजीवी , पत्रकार , विद्यार्थी , शिक्षक , टोलवासीहरुको उपस्थिति थियो । टोलवासिहरुले आफू असुरक्षित रहेको र तत्काल घटेका घटनाहरु नियन्त्रण गर्न र समस्त टोलवासी वडा ५ र ६ का १३ वटा टोल लगायत ग्यारेज एरियालाई समेत सुरक्षित राख्नको लागि तत्काल प्रहरी विट को समेत माग गर्नु भएको थियो । साथै नगर उप-प्रमुख ले प्रहरी विट स्थापना गर्न सरकार र टोलवासीहरु संग समन्वय गरेर निर्णय गर्ने आश्वासन दिनुभएको थियो । उक्त कार्यक्रमका विशिस्ट अतिथि डिल्ली बस्नेत (संगित) ले शान्ति सुरक्षा एवं जनचेतना सम्बन्धि त्यहाँ उपस्थिति सम्पुर्ण जनसमुदायहरुलाई सकारात्मक सोचले मानव जिवनमा पार्ने प्रभाव र दुर्व्यशनी न्यूनीकरणका लागि त्यसले खेल्ने भुमिकाको बारेमा उत्प्रेरणात्मक विचार राख्नु भएको थियो । साथै उक्त कार्यक्रमका सभापति जितेन्द्र वलि (जितजंग) ले कार्यक्रमको औचित्यता माथी प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण आयोजक संस्थाका सामाजिक परिचालक रमेश परियार ले गर्नुभएको थियो ।