तिज मिलन सत्संग कार्यक्रम त्रिशिद्वेश्वरी मन्दिरको सभा हलमा

राजनीति विचार समाचार

आज मिति २०७९/०५/०४ गतेका दिन त्रिशिद्वेश्वरी योग साधना केन्द्र तुलसीपुर , दाङ को आयोजनामा तिज मिलन सत्संग कार्यक्रम त्रिशिद्वेश्वरी मन्दिरको सभा हलमा भव्य र सभ्यका साथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा दिदिबहिनीहरुलाई दरखाने र नाचगान संगै रमाउने कार्यक्रम रहेको थियो । महिला पुरुष समानरुपमा उपस्थिति थियो र एक- अर्कामा महिलाहरुको महान चार्ड हरितालिका तिजको अग्रिम शुभकामना आदानप्रदान समेत गर्नु भएको थियो । उक्त कार्यक्रममा आमन्त्रित पत्रकार रमेश परियार ले लुम्बिनी प्रदेश पतंजली सदस्य वलि संग को कुराकानीमा वलिले आज को दिनमा सम्पुर्ण दिदिबहिनीहरु आफ्नै माइती घरमा गएको अनुभुती भएको र महिलाहरु जसरी योग गर्न योग साधना केन्द्रमा आउनु हुन्छ यस्ले महिलालाई आत्मबल , शरीर स्वस्थ , निरोगी बन्ने अबसर प्रदान गरेको छ । महिला जसरी घरकै काममा प्रायः व्यस्त हुने र शरीर को कुनै हेरचाह नगर्ने भएकाले महिलाहरुमा धेरै रोग हुने गरेको छ तसर्थ सम्पुर्ण महिला दिदिबहिनीहरुले दिनमा २ घन्टा योग को लागि समय मिलाएर आफ्नो स्वस्थको लागि पनि योग गर्नुपर्ने बताउनु भयो र सम्पुर्ण देश-विदेशमा रहनु भएकी नेपाली चेलिहरुलाई आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजको हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो । सो अवसरमा पतंजली दाङ जिल्ला संगठन मन्त्री वामदेव धितालले पनि सम्पुर्ण देश-विदेशमा रहनु भएकी नेपाली आमा- दिदिबहिनीहरुलाई आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो साथै स्वस्थ जीवन नै ठूलो धन हो तसर्थ सम्पुर्ण आमाबुबा – दाजुभाइ – दिदिबहिनीहरुले आजको युगमा आफू स्वस्थ रहनु छ भने दिनमा २ घन्टा योग गर्नु पर्ने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *