Clean up Nepal नामक संस्थाको आयोजना एवं doner the Asia foundation संस्था संगको सहकार्य

राजनीति विचार समाचार

तुल्सिपुर, आज मिति २०७९/०५/०४ गतेका दिन Clean up Nepal नामक संस्थाको आयोजना एवं doner the Asia foundation संस्था संगको सहकार्यमा तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ स्थित शिखर कोलोनी टोल विकास संस्थामा सरसफाई एवं घरेलु फोहोर बाट कसरी कम्पोस्ट मल उत्पादन गर्ने र टोललाई सरसफाई बाट सफा-सुन्दर बनाउने सम्बन्धि विशेष फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा Clean up Nepal का meal officer – उषा हुमागांई , program officer – विनम्र भुसाल , field officer : उत्सव देवकोटा , doner the Asia foundation का Regional Office गोविन्द बस्नेत लगाएतका शिर्ष व्यक्तित्वहरुले टोलवासीहरुलाई पहिला आफ्नो घरकै फोहोरलाई व्यवस्थापन गर्ने र पौष्टिक मल उत्पादन गर्न जोड दिनुभएको थियो । साथै स्थानीय सरकार संग सिधा जोडिएको फोहोर व्यवस्थापन गर्न लाई बनाइएको मोबाईल एप nepal waste map द्वारा जुन ठाउँमा फोहर भएको हुन्छ त्यो फोहरलाई आफ्नो मोबाईल बाट फोटो, भिडियो upload गरेर पनि छिटै सम्बन्धि निकाय बाट फोहर व्यवस्थापन हुने कुरा समेत जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रममा टोलका अध्यक्ष शिव श्रेष्ठले आफू र आफ्नो टोल सदैव सरसफाईमा अग्रपंक्तिमा रहेर काम गरेको छ र आगामी दिनमा पनि फोहोर व्यवस्थापन को लागि सम्बन्धित निकाय संग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनु भएको थियो भने उक्त कार्यक्रममा आमन्त्रित सामाजिक अभियान्ता (पत्रकार) रमेश परियार ले पनि सबै काम स्थानीय सरकारकै भरोसामा हुने होइन हामी टोलवासीहरु पनि टोल सरकार नै हौं तसर्थ हामी सबैले मनै देखि सकारात्मक शोच ले समाज परिवर्तनमा आफुलाई समर्पित गरेउ भने घर , टोल , वडा , नगर सम्पुर्ण सफा-सुन्दर हुने कुरा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *