बिप्लप ४ नेता बिहान करिब ८ बजे तुलसीपुरबाट पक्राउ

राजनीति विचार शिक्षा समाचार

आज मिति २०७९/०५/०७ गतेका दिन नेकपा (विप्लव) ले नेपाल बन्द गरेको छ । उक्त बन्दले दाङ तुलसीपुर भित्रको अवस्था को बारेमा पत्रकार रमेश परियार ले गर्नु भएको कुराकानीमा उक्त पार्टीका दाङ जिल्ला DCM शिवराज सुवेदी ले तुलसीपुरको बन्द को नेतृत्व DCM खड्क बहादुर वलि र DCM शिवराज सुवेदी लगाएत ५० जना नेताकार्यकर्ताहरु को कमान मा शान्तिपुर्ण वातावरणमा बन्द गरिएको जनाउनु भयो । साथै बन्द को समयमा गाडीहरु लाई सामान्य चेक गर्दै गर्दा प्रहरी द्वारा आफ्नो पार्टीका नेता क्रमशः जनपत्रकार संगठन का केन्द्रिय सदस्य एवं दाङ जिल्ला अध्यक्ष हेमन्त वलि , मजदुर संगठनका केन्द्रिय सदस्य संजय वलि , युवा संगठन नेपाल का दाङ जिल्ला अध्यक्ष सुदर्शन सेर्पाइली , युवा संगठन नेपाल का दाङ जिल्ला उपाध्यक्ष दिपेन्द्र वलि ४ जना नेताहरुलाई बिहान करिब ८ बजे तुलसीपुर बाटै पक्राउ गरेको समेत जानकारी दिनु भयो । साथै पक्राउ परेका नेताहरुलाई विना सर्त रिहाईको माग सरकार लाई गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *