मादल , बासुरी बाट नाचगान हुने पुर्खेउली परम्परा थियो

राजनीति शिक्षा समाचार

आज मिति २०७९/०५/१२ गतेका दिन तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ सुन्दरनगर टोल विकास संस्था को आयोजनामा आउदैं गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजको पावन अवसरमा तिज मिलन एवं दरखाने कार्यक्रम टोल कि अध्यक्ष शोभा गन्धर्व को अध्यक्षता वडा नं. ६ का वडा अध्यक्ष दुजमान भण्डारी को प्रमुख आतिथ्यता एवं सोही वडा कि वडा सदस्य एवं तुलसीपुर नगर कार्यपालिका सदस्य यमुना परियार को विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा आमन्त्रित अतिथि पत्रकार रमेश परियारले जनप्रतिनिधि यमुना परियार संग को कुराकानीमा परियारले देश-विदेशमा रहनु भएकी नेपाली चेलिहरुलाई आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिज को शुभकामना व्यक्त गर्नु भएको थियो। जसरी अहिले हाम्रो लोक संगित जस्तै : मादल , बासुरी बाट नाचगान हुने पुर्खेउली परम्परा थियो त्यो सबै बिलएन हुन गएकोमा दुख प्रकट गर्नु भएको किन कि आजकल सबै तिर साउण्ड सिस्टम को भरमा मात्र मनोरंजन हुने गरेको छ यस्ले संस्कृति बचाउने होइन कि अराजकता निम्त्याउने संभावना बढी रहेको हुन्छ । साथै उहाँले महिलाहरु अब आफ्नो आवाज अगाडि लिएर आउनु पर्छ सदै महिला हिंसा जस्ता घटनाहरु को शिकार मात्र हुने होइन आफ्नो अधिकारका निम्ति सम्पुर्ण महिला आमा दिदिबहिनीहरु जसरी आज एकजुट हुनु भएको छ त्यसरी नै एकतामा बांधिन र आफू सदै महिला अधिकार को वकालत गर्ने समेत जानकारी दिनु भएको थियो । साथै टोल कि अध्यक्ष शोभा गन्धर्व ले पनि सम्पुर्ण नेपाली आमा दिदिबहिनीहरुलाई आउदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिज को शुभकामना साथै अरुको देखा सिखी नगरी आफू संग जे छ त्यसमा खुसी भै सबै दिदिबहिनी मिलिजुलि तिज पर्व मनाउन “स्वस्थ अनि खुसी नै धन हो ” तसर्थ खुशियालीका साथ तिज पर्व मनाउने कुरा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *