राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनको अध्यक्षमा जे.पी. बगाले मनोनित

खेलकुद राजनीति विचार शिक्षा समाचार स्वास्थ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक बिध्यार्थी संगठनको अध्यक्षमा जय प्रकाश बगाले (जे.पी.) मनोनित भएका छन् । विहिवार पार्टी महामन्त्री तथा संयोजित संगठन समन्वय विभागका प्रमुख राजेन्द्र गुरुङले मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतापश्चात गत मंसिरमा भएको महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपश्चात एक पद एक अवधारणाको मान्यतालाइ आत्मसाथ गरि राप्रबिसंका तत्कालीन अध्यक्ष धनसुर शाहिले गत जेठ ३१ मा मार्गप्रशस्त गरेका थिए । त्यसपश्चात महाधिवेशन सम्म रहने र महाधिवेशन सम्पन्न गर्ने गरि नेतृत्व छान्ने सिलसिलामा ३ जना आकांक्षी (जे.पी. बगाले, निराजन बम र उमेश बिष्ट) मध्येबाट सहमतिको अधिकतम प्रयास गर्दा सहमति हुन नसकेपछि नेतृत्व छान्ने जिम्मा संगठनले पार्टीलाइ दिएको थियो । पार्टिले गत शुक्रबार संगठनको नेतृत्व जे.पी. बगालेलाइ दिने निर्णय गरि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हस्ताक्षर भएको मनोनयन पत्र आज महामन्त्री ज्युले हस्तान्तरण गरेका हुन् ।

 

गोरखामा जन्मिएका जय प्रकास बगाले अर्थात जे.पी. २०६७ सालमा ग्रामिण आदर्श ब. क्याम्पस नेपालटार इकाइ कमिटीको अध्यक्ष हुदै राष्ट्रिय प्रजातन्त्र पार्टीको बिध्यार्थी राजनितिमा प्रबेस गरेका हुन् । त्यसपछि निरन्तर बिध्यार्थी राजनितिमा उदाएका उनि एक ईमान्दार र मेहनति छबि बनाएका छन् । पढाइमा अब्बल र मिलनसार स्वभावका उनि शंकरदेव क्याम्पसबाट बाट ब्यबस्थापन संकायमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानुन संकायमा स्नातक उत्तीर्ण गरेका छन । सादा जीवन उच्च विचारका उनि राजनितिलाइ ब्यबसाय बनाउन नहुने र विशुद्ध समाजसेवाको भाबनाले राजनिति गर्ने उनको जिवनको संकल्प रहेको छ । पेसाले कानुन व्यवसायी समेत रहेका उनी राजनिति पढाइ र पेसा सँगै अगि बढाउने योजनामा छन् ।

गत स्थानीय निकायको निर्वाचनमा गोरखा जिल्ला सिरानचोक गाउँपालिको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिष्पर्धा गरेका उनी पार्टिको भ्रष्टाचारविरोधी अभियानलाइ आत्मसाथ गर्दै चुनाबमा पैसा बाड्नु भ्रष्टाचारको बिजारोपणको संज्ञा दिन्छन । पैसा र शक्तिको आडमा पाएको जितभन्दा इमान्दारिताको निश्चित मतलाइ आदर्शको रुपमा ब्यक्त गर्दछन् ।

विद्यार्थी राजनितिलाई नयाँ शिराबाट प्रस्तुत गर्ने सोचका साथ अगि बढेका उनि शैक्षिक क्षेत्रमा देखापरेका बेथितिहरुको समाधान र भ्रष्टाचार, विकृति , बिसंगति, कालोबजारी तथा कुसासनका बिरुद्ध निरन्तर खबरदारी गर्ने उनको पहिलो लक्ष्य रहेको छ ।

युवाहरुको बिदेस पलायन रोक्न र देसमा रोजगारीको वातावरण सिर्जना गर्न पहल गर्ने, विश्वविद्यालयहरुमा भैरहेको दलिय भागवण्डाको अन्य गर्न पहल गर्ने, भाषिक तथा सांस्कृतिक अतिक्रमण रोक्न पहल गर्ने, १२ कक्षासम्म निशुल्क शिक्षा प्रदान गर्न पहल गर्ने लगायतका विभिन्न योजनाहरु रहेको र पहिलो केन्द्रीय कार्यसमितिको बैठकबाट उक्त योजनाहरु अनुमोदन गराइ तत्काल कार्यान्वयन गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *