लागु औषध तथा मादक पदार्थ दुव्र्यसन सम्बन्धि एक दिने अभिमुखीकरण सचेतना कार्यक्रम आज तुलसीपुर स्थित प्रादेशिक आयुर्वेद चिकीत्सालयको सभाहल विजौरीमा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्रमुख टंकराज गौतमको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले समाजलाई दुव्र्यसन मुक्त बनाउँन घरभित्र बाट नै सुरुवात गर्नुपर्ने बताएका थिए । घरमा अभिभावकले छोराछोरीलाई कसरी हुर्काउदैछ भन्ने कुराले बढि प्रभाव पर्ने भन्दै घरभित्रको संस्कारले छोराछोरीहरु प्रती गरिने ब्यवहार, सस्ंकारमा विषेश भूमिका खेल्नुपर्ने उनीहरुको भनाई थियो । बालबालीकाहरुलाई उचित शिक्षा संगै बढ्दो उमेरमा बिशेष ख्याल गर्नुपर्ने उनीहरुको धारणा थियो । कार्यक्रममा युवासंघका अध्यक्ष अरुण लहरे, महिला मानव अधिकारकर्मी शुष्मा गिरी लामिछाने, मनोपरामर्शदाता सैलेन्द्र शर्मा लगौतले आ आफनो भनाई राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले लागुऔषध के हो ?,दुब्र्यसनीका कारण, लक्षण, लागु औषध सेवन गर्ने तरीका, प्रकार, लागु औषध नियन्त्रणका लागि कानुनी प्रावधान, नियन्त्रणका प्रमुख पक्षहरु लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । प्रहरी नायव उपरिक्षक गौतमले दिएको जानकारी अनुशार २०७६÷०७७ मा ३४ वटा मुद्धा दर्ता भएको थियो । जसमा बिभीन्न लागु औषध सहित ६५ जना पुरुष र ८ जना महिला पक्राउ परेका थिए । यस्तै २०७७/०७८ मा ३९ वटा मुद्धा दर्ता भएकोमा बिभीन्न ब्राउन सुगर सहित ६८ पुरुष र ७ जना महिला पक्राउँ परेका थिए । यस्तै २०७९/०८० मा १७ वटा मुद्धा दर्ता भएकोमा विभीन्न लागु औषध सहित २८ पुरुष र ४ जना महिला पक्राउँ परेका छन् ।
जिल्ला प्रशासन दाङको आयोजना तथा नँया पाईला पुनस्थापना केन्द्र विजौरीको ब्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा सृजना मा.वि. र लीटिल फ्लावर मा.वि तुलसीपुरका बिधार्थी, शिक्षक, नगर युवा, वाल संजाल, सामाजिक संघ सस्ंथाका प्रतीनिधि, पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको शहजीकरण तुलसीपुर उपमहानगरपालीका महिला तथा बालबालीका शाखा प्रमुख माया श्रेष्ठले गरेकि थिईन् ।