अमेरिकी लगानीमा स्वतन्त्र पार्टी र घण्टी चिन्ह नेपाल भित्रिएको ओलीको टिप्पणी

अन्तराष्ट्रिय राजनीति विचार शिक्षा समाचार

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी लगानीमा नेपाल भित्रिएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकी फ्रिडम पार्टीको घण्टी जस्ताको तस्तै लिएर आएको बताउनुभएको हो ।

Pay_ru Remit

अध्यक्ष ओलीले भने – ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिन्ह घण्टी छ । दुरुस्त आकारको घण्टी रविजीले पनि लिएर आउनुभएको छ । तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला ।’

यस्तै, अध्यक्ष ओलीले चुनावमा हुलदंगा गरेर र मान्छे मारेर नागरिकलाई मतदान गर्नबाट वञ्चित गरेको आरोप समेत लगाउनुभयो । बाजुरामा विद्यार्थी मारिएको र हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्नेलाई प्रशासनले पक्रेको ओलीको आरोप छ ।

चुनावमा मान्छे मर्दा पनि नबोलेको भन्दै उहाँले अन्तर्राष्ट्रिय समुदायको समेत आलोचना गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *