राष्ट्रिय प्रजातन्त्र पार्टिनिकट विध्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थी संगठन’ ले स्नातोक तह चौथो बर्षको परिक्षाको परिक्षाफल तत्काल प्रकाशन गर्न माग गर्दै त्रिभुवन विश्वविध्यालयमा ध्यानाकरष्ण पत्र बुझाएको छ ।
त्रि वि को बार्षिक क्यालेण्डर अनुसार गत चैत्रमा भएको स्नातक तह चौथो बर्षको परिक्षाको असोजमै हुनुपर्ने नतिजा हालसम्म हुन सकेक छैन । आठ महिनासम्म पनि नतिजा प्रकाशन नहुदाँ बिध्यार्थीहरू अन्योलमा परेका छन । स्नानत तहको परिक्षाफल प्रकाशित नगरि स्नातोकोत्तर तहको भर्ना खोल्दा झनै अन्योलता छाएको छ । त्रि वि मा भएको राजनैतिक नियुक्ति र करमचारिहरूको अक्षमताका कारण हुन नसकेको राप्रविसंले आरोप लगाएको छ । राप्रविसंले त्रि वि को क्यालेन्डर अनुरुप सप्पुर्ण संकायको परिक्षाफल समयमै सार्वजनिक गर्न समेत माग गरेको छ । उपर्युक्त मितिमा परीक्षा तथा परिक्षाफल सार्वजनिक गर्ने वातावरण तयार नगरेमा राप्रविसं कडा संघर्षमा उत्रने समेत ध्यानाकर्षण गराएको छ ।
ज्ञापन पत्र बुझ्दै त्रि वि विध्यार्थि कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारिले स्ववियु निर्वाचन राज्यबाट सहयोग भएमा कुनै पनि हालतमा गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन ।