काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टिनिकट विध्यार्थी संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थी संगठन’ ले प्राबिधिक शिक्षा तथा ब्यबसाईक तालिम परिषदले संचालन गर्दै आएको सिभिल ओभरसिर दोस्रो बर्षको दोस्रो सेमेष्टार लगायत विभिन्न तहको परिक्षाको परिक्षाफल तत्काल प्रकाशन गर्न माग गर्दै परीक्षा नियन्त्रण कार्यालय, सि.टि.ई.भि.टी. मा ध्यानाकर्षण पत्र बुझाएको छ ।
सि.टि.ई.भि.टी. को बार्षिक क्यालेण्डर अनुसार गत चैत्रमा भएको सिभिल ओभरसिर दोस्रो बर्षको दोस्रो सेमेष्टार लगायत विभिन्न तहको परिक्षाको असोजमै हुनुपर्ने नतिजा हालसम्म हुन सकेको छैन । नौ महिनासम्म पनि नतिजा प्रकाशन नहुदाँ बिध्यार्थीहरू अन्योलमा परेका छन । समयमै परिक्षाफल प्रकाशित नगर्दा बिध्यार्थिमा अन्योलता छाएको छ । सि.टि.ई.भि.टी. मा भएको राजनैतिक नियुक्ति र करमचारिहरूको अक्षमताका कारण हुन नसकेको राप्रविसंले आरोप लगाएको छ । राप्रविसंले सि.टि.ई.भि.टी. को क्यालेन्डर अनुरुप सप्पुर्ण तहको परिक्षाफल समयमै सार्वजनिक गर्न समेत माग गरेको छ । उपर्युक्त मितिमा परीक्षा तथा परिक्षाफल सार्वजनिक गर्ने वातावरण तयार नगरेमा राप्रविसं कडा संघर्षमा उत्रने समेत ध्यानाकर्षण गराएको छ ।