एजेन्सी, स-साना राज्यका थुंगा, एउटै हारमा उनी ।रच्यौ नेपाल हे पृथ्वी, मेचिकाली दुबै छुने ।
तिम्रै उत्सर्गले आज, शान हाम्रो महान छ ।अखण्ड राष्ट्र निर्माता तिमीलाई सलाम छ ।
यता थ्यो आफूमै द्वन्द्व, उता अंग्रेजको डर ।भाइ-भाइ जुटाएर जोगायौ तिमीले घर ।
लेखायौ एकता-गाथा, सुनौलो इतिहासमा ।ओजस्वी देनका निम्ति, अर्पन्छौं कोटी वन्दना ।
हे पृथ्वी सिर्जना तिम्रो, बिदेशी जालझेलमा ।ऐले फेरि फसेको छ, खोक्रे सङ्घीय जेलमा ।
यो महाजाल निम्टार्न, जन्मिद्यौ तिमीले पुनः ।नपरोस् हामीले भोलि, सिकिमी जनता हुन ।
बन्दा जापानको चीन, अंग्रेजाधीन भारत ।दिएनौ तिमीले झुक्न, हाम्रो उच्च विराषद ।
खोज्दैछन् रिपुले आज, सोही मूल्यचुकाउन ।नदेऊ पृथिवी तिन्को, योजना लक्षमा छुन ।
घूस लिनेदिने शत्रु, ठान्दथ्यौ तिमीले सधैं ।भ्रष्टाचार बढ्यो पृथ्वी, बेथिति चुलियो झनै ।
मोल-भाउ कुनै छैन, विधि,निष्ठा,इमानको ।पीठो चामल भै बिक्छ, बलिया-बेइमानको ।
पठाई जिन्सी बाहिर, झिकाई नगदी धन ।राष्ट्रको ढुकुटी भर्ने, थ्यो तिम्रो अर्थ-योजना ।
तिम्रो उद्देश्यको उल्टो, भो पृथ्वी, देशको स्थिति ।यूवाको श्रम बेचियो, बेचियो धर्म-संस्कृति ।
बलभद्र अनि भीम, भक्ति,अमर बेसरी ।काँगडा अनि टिस्टामा, गर्जेथे सिंह झैं गरी ।
वीर-गाथा भुले पृथ्वी, ऐले नायकवर्गले ।जनतालाई ढाँटेर, खोक्रा नारा,कुतर्कले ।
आयवृद्धि कतै छैन, मूल्यवृद्धि जता-ततै ।संवृद्धिको कुरै छाडौं , गाह्रो भो, ज्यूनमात्र नै ।
जिम्मेवार नभै सत्ता, सक्तैन राष्ट्र सुध्रन ।हे पृथ्वी, फर्किद्यौ,छिट्टै, अर्पन्छौं कोटी-वन्दना ।
राष्ट्रिय एकता दिवश तथा पृथिवी-जयन्ती २०७९का लागि ।भरतमणि भट्ट, पौष २२ २०७९ ।
पृथ्वी-वन्दना शीर्षक कविताका सम्बन्धमा –प्रस्तुत कविता वर्तमान नेपालका निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहबाट नेपाल र नेपालीको दीर्घकालिन हितमा पुर्याइएको योगदानको उच्च,संमान गर्दै लेखिएको कविता हो ।आज हामीले राष्ट्रिय अखण्डता, जातीय एकता र सार्वभौमिकताको जुन उपभोग गरिरहेका छौं,त्यो सबै वहांकै योगदानको उपज हो ।एकीकरणको माध्यमबाट त्यतिबेलाका नेपालीकाभिचको अन्तरकलहको व्यवस्थापन नगरेको भए,आज हामी स्वतन्त्र देसका नागरिकको रूपमा स्वाभिमानपूर्वक विस्वमा शिर ठड्याएर हिड्न पाउने थिएनौं ।(जननी जन्मभूमिश्च, स्वर्गादपि गरीयसी)=आफू जन्मिएको देश र आफूलाई जन्मदिने आमा मानिसका लागि श्वर्गभन्दापनि महान् हुन्छन्,उक्त सूक्तिको मर्म लाई दिलैदेखी मनन गर्ने हो भने पनि हामीलाई हाम्रो जन्मभूमि उपहार दिने पृथिवीनारायण शाह हाम्रा लागि महान् र प्रातःस्मरणीय नभए अरु को होला? बडामहाराजधिराजबाट हामीलाई आजको मुलुक प्राप्त भएकोमात्र होइन, लोककल्याणकारी राज्य सञ्चालकहरू कस्तो हुनुपर्छ? मुलुकवासीलाई न्याय,सुशासन,सुख,शान्ति र संवृद्धि कसरी प्रदान गर्ने? देशको परराष्ट्र नीति वा मित्र राष्ट्रहरूसँगको साइनो-संबन्ध कस्तो हुनुपर्ने? मुलुकको आत्मनिर्भरता,मौलिक पहिचान र स्वाभिमानको अभिवृद्धि कसरी गराउने? जस्ता सवालबारे दीव्योपदेशमार्फत अमूल्य मार्गदर्शनसमेत भएको छ ।आज हामीले राजनैतिक रूपले आयातित वाद,विचार,र दर्शनको अन्धानुशरण नगरी आफ्नो गौरवशाली इतिहासको सही मूल्याङ्कन गर्ने हो भने, पृथ्वीनारायण शाहबाटमात्र नभई वहाँका उत्तराधिकारी र अनुयायीहरूबाट देश र देशवासीको सर्वाङ्गीन हितका निम्ति समय-समयमा भएका अनुकरणीय कामहरूकोसमेत मुक्तकण्ठले प्रसंशा गर्नैपर्ने हुन्छ।यसदेशका राजा र राजसंस्था को स्वाभाव आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थका निम्तिमात्र केन्द्रित नहुने वास्तबिकतासँग सुपरिचित भएकाले नै नेपालका दूरदर्शी नेतागण , बि पि कोइराला ,कृष्णप्रसाद भट्टराई,मनमोहन अधिकारी,मदन भन्डारी आदिले राजासहितको प्रजातान्त्रिक व्यवस्था नेपालका लागि अपरिहार्य ठानेका थिए नेपालको राजनैतिक आवस्यकता र नेपाली जनमनका यथार्थ चाहनालाई एकातिर पन्छाएर वैदेशिक शक्तिकेन्द्रको इसारामा हाल नेपालमा जे जस्तो राजनैतिक प्रणाली लागु गरिएको छ, यो किमार्थ नेपालको दीर्घकालीन हितमा छैन ।।चार वर्ण छत्तीस जातको साझा फूलबारीको नामले चीरपरिचित नेपाली राष्ट्रिय एकताको प्रतीकको रूपमा रहेको राजसंस्थालाई राजनीतिमा पूर्ण निषेध गराएर राजनैतिक अन्योल,अस्थिरता एवम् अराजकता सिर्जना गर्ने र पुर्खाको नासोको रूपमा रहेको नेपालको स्वतन्त्र अस्तित्व नै सखाप बनाउने परायाको कुटील चालबाट समयमै सचेत भई हामी नेपालीको आफ्नै स्वविवेकमा नेपाल राष्ट्रका निर्माताका वंशजलाई नेपालको राष्ट्राध्यक्ष बनाउने विधि र प्रकृया अपनाउनुपर्छ । (आफ्नो भू-राजनैतिक संवेदनशीलता कस्तो हो? र सवैको साझा मिलन,विन्दू के हो? भन्ने वास्तविक तथ्यप्रति सबैमा चेतना भया ।)