राप्रपा नेपालले देशब्यापी सघन प्रशिक्षण संचालन गर्ने

राजनीति विचार शिक्षा समाचार

काठमाडौं । राप्रपा नेपालले देशब्यापी सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ ।

जनबर्गिय संगठनका पदाधिकारी सदस्यहरु सहभागी प्रशिक्षणको आज पार्टी अध्यक्ष कमल थापाले उद्घाटन गरेका छन् । थापाले बैचारिक रुपमा प्रतिबद्ध र निष्ठावान कार्यकर्ताको जमात सहितको धारिलो संगठनले पार्टीलाई स्थापित गर्ने भएकोले प्रशिक्षणलाई पार्टीले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए । प्रशिक्षण कर्मकाण्डि नभई बिषय केन्द्रित प्रभाबकारी हुनुपर्नेमा थापाको जोड थियो ।

पार्टी र नेतृत्व माथी योजनाबद्ध र षड्यन्त्रपुर्बक भ्रम सिर्जना गरिएको छ, त्यो तोड्न नेता कार्यकर्ता केन्द्रित हुनुपर्ने र जनता केन्द्रित हुन आग्रह गर्दै थापाले राप्रपा नेपाललाई आशा र भरोसाको पार्टी बनाउन सोही अनुसारको भुमिका निर्बाह गर्नु आबश्यक भएको बताए।

कार्यक्रममा राजानितिक कार्यदिशा,सम्बर्द्धनबादी दर्शन र जनबर्गिय संगठनको भुमिका बिषयमा कमल थापा, सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको आबश्यकता बारे डाक्टर बिष्णु भण्डारी , पार्टी संगठन निर्माण र परिचालन बारे राजाराम बर्तौला ‘चुनेली’ तथा नेतृत्व बिकास बिषयमा प्राध्यापक नरप्रसाद थापाले प्रशिक्षण दिनुभएको प्रशिक्षण बिभागका प्रमुख एबं महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए । संगठन निर्माण र प्रशिक्षण कार्यलाई समानन्तर रुपमा देशब्यापी योजनाबद्ध रुपमा संचालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *