राप्रपाकै मन्त्रीले अवैध सम्पत्ति वैध तुल्याउन खोज्नु महाभ्रष्टाचार हो : कमल थापा

राजनीति समाचार

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैध बनाउने ऐन संशोधन गर्न विधेयक पेश भएकोमा आपत्ति जनाएका छन्।

उनले भ्रष्टाचारको विरोध गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीले विधेयक पेश गरेको भन्दै विरोध गरेका हुन्।

‘भ्रष्टाचार, अनियमितता वा अवैध ढंगले आर्जन गरेको सम्पत्ति केही कर तिरेको भरमा वैध तुल्याउनु महाभ्रष्टाचार हो,’ थापाले ट्वीटरमा लेखेका छन्।

शुक्रबार कानुन मन्त्रालयले स्रोत नखुलेको समप्तिलाई वैध बनाउने कानुनी व्यवस्थाका लागि ‘सम्पत्ति शुद्धीकण निवारण तथा प्रवर्द्धसम्बन्धी विधेयक’ प्रतिनिधिसभामा दर्ता गरेको थियो।

संसद्ले पारित गरेमा यसले कानुनी रूप लिनेछ र स्रोत नखुलेको सम्पत्तिको निश्चित कर तिरेर वैध गराउन सकिने छ।

औपचारिक तथ्यांक नभए पनि देशमा अहिले ठूलो परिमाणमा स्रोत नखुलेको सम्पत्ति रहेको अनुमान गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *