नि:शुल्क स्वास्थ्य शिविर एवं जनचेतनामूलक कार्यक्रम सभ्य र भव्यका साथ सु-सम्पन्न

राजनीति विचार शिक्षा समाचार स्वास्थ
  1. तुलसीपुर उप-महानगरपालिका वडा नं. ७ गणेशपुर मा स्वस्थ , शान्ति , सुरक्षा अभियान अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर एवं जनचेतनामूलक कार्यक्रम सभ्य र भव्यका साथ सु-सम्पन्न भएको छ । अभियान का प्रमुख श्री रमेश परियार को अध्यक्षता , तु.उ.म.न.पा. वडा नं. ७ का वडा अध्यक्ष श्री राम बहादुर जि.सि ज्यु को प्रमुख आतिथ्यता , ईलाका प्रहरी कार्यालय का प्रहरी वरिष्ठ नायव निरीक्षक श्री मिलन श्रेष्ठ ज्यु को विशिस्ट अतिथी , प्रहरी सहायक निरीक्षक श्री रमेश बि.सि ज्यु को विशिस्ट अतिथी , जित ग्रुप अफ कम्पनी का संचालक श्री जित जंग वलि ज्यु को विशिस्ट अतिथि , एटीएन टेलिभिजनका पत्रकार आशिष के.सि ज्यु को विशिस्ट अतिथी , नेशनल बाथ रोग सेन्टर , तुलसीपुर का संचालक श्री शिव श्रेष्ठ ज्यु को विशिस्ट अतिथी एवं फोटोग्राफर युवाहरु , शिक्षक , राजनीति दल का नेतागनहरु , वडावासीहरु को उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । बिहान ८ बजे देखि शुरु भएको नि:शुल्क स्वास्थ्य शिविर मा १०८ जनाले स्वास्थ लाभ लिनु भएको थियो । उक्त शिविर नेशनल बाथ रोग सेन्टर , तुलसीपुरले डाक्टरहरु एवं चेकजाँच सामाग्री उपलब्ध गराउनु भएको थियो । कार्यक्रम मा सुरक्षा सम्बन्धि श्री रमेश बि.सि ज्यु ले उपस्थित सम्पुर्ण टोलवासिहरुलाई प्रहरी सदैव जनता को सुरक्षामा खटेको र जनता पनि विना बर्दी का प्रहरी भएको हुँदा समाजमा हुने सबै किसिमका घटनाको सत्य तथ्य जानकारी दिई प्रहरी लाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न पनि आह्वान गर्नु भएको थियो । तसै गरि वडा अध्यक्ष श्री राम बहादुर जि.सि ले आफ्नो कार्यकाल सम्म पुर्णरुपमा ७ नं. वडावासीहरु को हकहित मा कुनै पनि कसुर नछोडी विकास ,रोजगार , एवं जनहितका कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको थियो साथै उहाँले अभियान सँँग मिलेर युवा स्वरोजगार का कार्यक्रम , स्वास्थ कार्यक्रम , शान्ति सुरक्षा का कार्यक्रम मा सहकार्य गर्दै जाने समेत प्रतिबद्धता जनाउनु भएको थियो ।

त्यसै गरि जित ग्रुप अफ कम्पनी प्रा.लिका संचालक श्री जित जंग वलीज्युले युवायुवती लाई कुलत ,लागूऔसधले आफ्नो स्वास्थ लाई नोक्सान का साथै ज्यान समेत जाने भएकाले समयमा नै सचेत भै सभ्य नागरिक बन्न र सकारात्मक तरिकाले समाज परिवर्तन मा लाग्न जोड दिनु भएको थियो । उक्त अवसरमा पत्रकार आशिष के.सि ज्यु ले आफू पनि पत्रकारिता मार्फत भए पनि सदैव सभ्य समाज निर्माण मा समर्पित रहेको जानकारी दिनु भएको थियो । कार्यक्रम अध्यक्षता ग्रहण गर्नु भएका अभियान प्रमुख रमेश परियारले साच्चिकै देश लाई विकास , शान्ति सुरक्षा दिनु छ भने युवाहरूलाई पहिलो कुरा त रोजगार दिनु पर्ने मा जोड दिनु भएको थियो । जब मानिस रोजगार मा लागि समय काममा व्यस्त भएमा उसले नकारात्मक सोच्ने अवसर नै नपाउने भन्नू भएको थियो । उहाँ ले बेरोजगार युवायुवती लाई छिटोभन्दा छिटो रोजगार मा परिवर्तन गर्न वडा सरकार , स्थानीय सरकार , प्रदेश सरकार एवं केन्द्र सरकार संग समन्वय गर्दै रोजगारमुलक तालिम प्रदान गर्ने र व्यवसाय मा परिणति गर्ने योजना भएको बताउनु भएको थियो । साथै कार्यक्रम लाई आ-आफ्नो ठाउँ बाट साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भएको थियो । उक्त कार्यक्रम बाट अभियान को वडा नं.७ को समिती श्री कुल प्रसाद कालाथोकी लाई अध्यक्ष नियुक्त गरेको थियो भने कार्यक्रम को सहजीकरण रेडियो तुलसीपुर का लेखा एवं बिज्ञापन विभाग प्रमुख श्री तेज परियार ज्यु ले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *