दाङ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले जन्माएको सिद्धान्त नीति बिचार एजेन्डा लाई बोइल गरेर सरकार मा गएर जनताको काम गरेर सडक र सदन को शक्ति प्रयोग गरेर एक रुपैया पनि भ्रष्टाचार नगरेर आफ्नो मान्यता लाई स्थापित गर्न सकिन्छ भन्ने रोडम्याप को कारण राप्रपाले १४ सिट ल्यायो |
कमल थापाले परिकल्पना गर्नुभएको मार्गचित्र एउटा राजनीतिक दल असफल भयोभने दलको विकल्प दल नै हुन्छ संविधानको परिधिभित्र रहने कुनै दल समुह भन्दा माथी उठेको राजसंस्था नेपालका लागि अपरिहार्य छ तर राजसंस्था राजनीतिक दलहरुको मन जितेर राजनीतिक दलहरुको सहकार्य बाट मात्रै सम्भव छ भन्दैगर्दा कमल थापालाई दरवार र राप्रपाबाट पाखा लगाउने जुन काम भयो आज राप्रपा र राजा ज्ञानेन्द्र कमल थापाको रोडम्याप मार्गचित्र प्रयोग गर्दैहुनुहुन्छ यस्ले वास्तमा कमल थापा सफल हुनुभएको देखिन्छ !
रोचक कुरा २०६३ साल राती शुभ रात्रि भनेर सुतेका हामी नेपालीलाई भोलि पल्ट त धर्म निरपेक्ष रास्ट्रमा रातारात ल्याइनु घोषणा गर्नु यो कठिन परिस्थितिमा टाउकोमा कफन बाधेर बिश्वको एकमात्र हिन्दू रास्ट्र पुनर्स्थापना हुनुपर्छ भनेर एक्लै रोडमा कराउने कमल थाफा त्यहाँ पनि सफल हुनुभएको छ !
यत्रतत्र हिन्दू रास्ट्र हुनुपर्छ भनेर काङ्ग्रेस का नेता भन्नुहुन्छ हिन्दू रास्ट्रको लागि जनमतसंग्रह गरौं कमाउनिस्टहरु राजा र हिन्दू रास्ट्र चाहियो भनेर हिडिराख्नुभएको छ राप्रपा नेपाल को एजेन्डा नेपाली माटो सुहाउँदो रहेछ भन्ने कुरा दिनप्रतिदिन मैलाउदै गएको छ अर्को एजेन्डा कमल थापाले बोक्नुभएको एजेन्डा उदार अर्थतन्त्र अर्थनीति राज्यको अधिनमा हुनुहुदैन सम्बर्द्धनवादी मान्यताको जगमा हुनुपर्छ भन्ने मान्यता कालान्तरमा फस्टाउदै जानेछ ……|
सबैको जय होस !!