उपत्यकाका ९ आगिक क्याम्पसमा चुनाब हुदा राप्रविसंको १ क्याम्पसमा मात्रै उम्मेदवारी ।
त्रिभुवन विश्वविधालयले आज गरेको स्ववियु निर्वाचनामा देशैभरका अधिकासं क्याम्पसमाहरुमा उत्साहजनक उपस्थितिका साथ निर्वाचन भईरहदा उपत्यकामा भने केही क्यामपसहरुमा अबरोध सिर्जना भएको छ । उपत्यकामा ९ वटा आंगिक क्यामपस र केही सम्बन्धन प्राप्त क्याम्पसमा आज निर्वाचन हुदैछ । देसको चौथो शक्तिको रुपमा उदाएको राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनको उपत्यकाको एक आंगिक क्याम्पसमा मात्र उम्मेदवारि परेको छ भने केन्द्रीय क्याम्पसमा समेत उम्मेदवारि छैन ।
(१) त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुर, (२) शंकरदेव क्याम्पस प्रदर्शनिमार्ग, (३) नेपाल ल क्याम्पस भृकुटिमण्डप, (४) सरस्वति क्याम्पस ठमेल, (५) पब्लिक युथ क्याम्पस धोविचौर, (६) ताहाचल क्याम्पस (७) पिके क्याम्पस बागवजार, (८) पुल्चोक क्याम्पस कुपन्डोल, (९) थापाथलि क्याम्पस र केही सम्बन्धन प्राप्त क्याम्पसमा आज निर्वाचन भईरहेको छ । आज निर्वाचन भएका उपत्यकाका आगिक क्याम्पसहरुमा राप्रविसंको शंकरदेव क्याम्पसमा मात्र स्ववियु सभापतिमा उम्मेदवारि परेको छ भने समानुपाितकमा भने शंकरदेव र पुल्चोक क्याम्पसमा उम्मेदवारि परेको छ । शंकरदेव क्याम्पसमा सभापतिमा हरिश बहादुर चन्द(माइकल), सचिवमा सुदिप कुमार घिसिङ(रेन्जि), कोषाध्यक्षमा बिबश भन्डारी (भरत) त्यस्तै समानुपातिक तर्फ महेन्द्र बोगटी र सन्तु तमाङ को उम्मेदवारि परेको छ भने पुल्चोक क्याम्पसमा सदस्यमा युवराज कार्की त्यस्तै समानुपातिक तर्फ योगराज पोखरेल को उम्मेदवारि परेको छ । त्यस्तै सरस्वति क्याम्पसमा सदस्यमा कमल सिंखडाको उम्मेदवारि परेको छ ।
त्रिविको केन्द्रीय क्याम्पस लगायत उपत्यकाका अधिकांस क्याम्पसहरुमा उम्मेदवारि हुन नसकेको र भएका क्याम्पसहरुमा पनि केन्द्र र पार्टिको भुमिका गौड भएको भन्दै अधिकांस विध्यार्थी नेताहरुको गुनासो रहेको छ । संगठनको राष्ट्रिय भेला २०७९ मा पार्टि नेतृत्वको ठाडो हस्तक्षेपका कारण असक्षम ब्याक्तिलाई नेतृत्वमा पुर्याएका कारण संगठनको यस्तो दयनिय अबस्था भएको राप्रविसंका पुर्व केन्द्रीय अध्यक्ष रविन थापाले जानकारि दिए । यो संगठनको लज्जास्पद परिस्थितिको जिम्मा पार्टिको मुल नेतृत्वले लिनुपर्ने उनले वताए ।