दाङको शान्तिनगर गाउँपालिका ३ माइलीपानी भन्ने स्थानमा निर्माण गरिएको नवनिर्मीत घर अपाङ्ग एवम् गरिब तुलसी विकको परिवारलाई हिजो मंगलबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । सयपत्री दोहोरी घरका सन्चालक, समाजसेवी तथा पत्रकार दिपक वलीको पहलमा निर्माण गरिएको उक्त घर अपाङ्ग विक परिवारलाई हस्तान्तरण गरिएको हो । घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद वस्नेतले अपाङ्ग तथा वेसहारा परिवारलाई घर निर्माण गरेर हस्तान्तरण गरेको प्रति सम्पुर्ण टिमलाई धन्यबाद दिदै आवश्यक परेमा पालिकाको तर्फबाट सक्दो सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष बस्नेतले तुलसीको नयाँ घरमा विद्युत जडानका लागि विद्युतिय मिटरमा सहयोग गर्ने समेत बताउनुभयो । यस्तै गाउँपालिकाले तुलसीको घरसम्म खानेपानी विस्तारमा पनि सहयोग गर्ने अध्यक्ष बस्नेतले प्रतिवद्धता जनाउनुभएको छ । घर हस्तान्तरण कार्यक्रममा बोल्ने अन्य सहभागी वक्ताहरुले पनि अशक्तको घर निर्माणको नृतृत्व गर्ने दिपक वली लगाएत सहयोग गर्ने सम्पुर्ण टिमलाई धन्यबाद दिदै आगामी दिनमा पनि यसरी नै अशक्त, वेसहारा र गरिबहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । दियालो अनलाइनका सम्पादक के.बी वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गर्नुभएको थियो ।