लागू पदार्थ दुव्र्यसन : कारण र समाधान

नेपाल आज विचार शिक्षा समाचार

मानव समुदायलाई तहल्का पारिरहेको सबभन्दा विशाल र डरलाग्दो विषयवस्तु लागू पदार्थ हो । लागू पदार्थहरू मद्यपान र धूम्रपानभन्दा हजारौँ गुणा हानिकारक र खतरनाक हुन्छन् । मद्यपान र धूम्रपानले त बरु केही वर्षमा गएर रोगहरू जन्माउँछ भने लागू पदार्थले तुरुन्तै असर गर्छ । यी पदार्थहरू यति खतराजनक छन् कि दुई–चार पटक प्रयोग गर्दैमा बानी बसिहाल्छ । यी पदार्थहरूले रगत र शरीरमा यस्ता असरहरू छाड्छन्, जसको अभावमा सेवनकर्ता सुखमय भएर जिउन सक्दैन । यी पदार्थका दुव्र्यसनीहरूले जब यी वस्तु पाउँदैनन्, उनीहरू प्रायः अचेत हुन्छन् । तब उनीहरू यी पदार्थ पाउन जेजस्ता कार्य (अपराध) पनि गर्न तयार हुन्छन् ।
आफ्नो इच्छा वा चाहना पूरा गर्न कुनै पनि चिजको अधीन भएर प्राप्त गर्नु दुव्र्यसन हो । लागूऔषध भन्नाले गलत प्रयोग गरी दुव्र्यसन गराउने औषधिलाई जनाउँछ, जसमा प्राकृतिक वा कृत्रिम लागूऔषध र तिनका लवणहरू पर्छन् । लागूऔषध केके हुन् त ? पान मसाला, हिरोइन (खैरो, सेतो), कोकिन, गाँजा, भाङ, धतुरो, चरेश, जाँडरक्सी, त्यसैगरी बार्बिच्युरेट तथा डाइजिपाम र बेलियमजस्ता निंदका गोलीहरू, इन्जेक्सन साथै औषधि व्यवस्था विभागले निषेध गरेका औषधिहरू एवं अन्य बुट पालिस गन्हाएका मोजा, सुपरग्लु आदि । प्राकृतिक लागूऔषध अफिम नामक वनस्पति प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय औषधि नियन्त्रण कानुनबाट समायोजन गरिएको हुन्छ, जुन औषधि दुखाइ कम गराउने र लठ्याउने प्रकारका हुन्छन् । औषधिका रूपमा प्रयोगमा आउने यी वस्तुहरूको स्रोत अफिमलाई मान्न सकिन्छ ।
लागूऔषध दुव्यर्सन बढ्नुको मुख्य कारण भनेको मनपरी स्वतन्त्रता, बढ्दो पारिवारिक एवं सामाजिक एक्लोपना, गरिबी र तनाव नै हो । यही कारण नै विद्यालय तथा कलेजका विद्यार्थी दुव्र्यसनीमा फस्ने गरेको पाइएको छ । एकातिर हाम्रो समाजको परिवारमा धैर्यता, मेलमिलाप, सुमधुर सम्बन्ध घट्दै गइरहेको अवस्था छ । अर्कातिर बुबा–आमाकै कारण थुप्रै बालबालिका तथा किशोर–किशोरीहरू विकृतिमा डुव्दै गइरहेका छन् । यसबाट समयमै बच्न पारिवारिक भावना बढाएर आफ्ना बालबालिकाको निगरानी गर्ने गरौं । नत्र पछि पछुताउनुको कुनै अर्थ रहँदैन ।
चिकित्सकको प्रेस्क्रिप्सनबिना कुनै पनि औषधि सबैले खरिद गन मिल्दैन । तर, औषधि पसलेहरू बढी मुनाफाको लोभमा यी औषधि बिक्री गर्छन्, जसले गर्दा नेपाली प्रयोगकर्ताको गन्तव्य भारतीय बजार बनेको छ । यसको विवेकपूर्ण समाधान सबैको हितमा हुनेछ । यदि प्रशासन, समाज र जिम्मेवार नागरिक नेतृत्वले युवा वर्गमा बढ्दै गएको लागूऔषध दुव्र्यसनको समस्यालाई समयमै ध्यान नपु-याउने हो भने नेपालको समाज अझ बिग्रँदै र भत्कँदै जानेमा शंका छैन । एक अध्ययनले के देखाएको छ भने खराब संगत, पारिवारिक किचलो र डिप्रेसनका कारण कुलतमा फस्ने युवाको संख्या बढिरहेको पाइएको छ । छोराछोरी लागूऔषधतर्फ लागेको जान्दाजान्दै ‘बेइज्जत हुने डरले’ अभिभावक चुपचाप रहने, पक्राउ परेकालाई कडा सजाय नहुने र कारोबारमा लाग्दा मनग्गे कमाइ हुने भएकाले लागूऔषध प्रयोगकर्ता र यसका कारोबारी बढिरहेका हुन् ।
जनचेतनामूलक कार्यक्रम गरी नियन्त्रणसम्बन्धी अभियान चलाउने, ध्यान, योग, पारिवारिक परामर्श, लागूऔषध उपचार तथा पुनस्र्थापना गर्ने, स्वास्थ्य सेवा तथा परामर्श, खेलकुद कार्यक्रम सञ्चालन गर्ने, लागू पदार्थ दुव्र्यसनसम्बन्धी घर, परिवार, समाजमा विभिन्न खालका सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, सरकारले कानुनी तवरले पनि यसलाई प्राथमिकताका साथ अघि बढाउने र कार्यान्वयन गरी लागू पदार्थ दुव्र्यसनलाई रोक्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *