नेपालगन्जबाट पहिलोपटक श्री एयरलाइन्सले गर्‍यो कैलाश पर्वत र मानसरोवरको पर्वतीय उडान

अन्तराष्ट्रिय नेपाल आज समाचार

ऐजेन्सी, श्री एयरलाइन्सले कैलाश पर्वत तथा मानसरोवरको पर्वतीय उडान गरेको छ। नेपालको इतिहासमै पहिलो पटक एयरलाइन्सको सीआरजे ७००९ एन विमानले ‘माउन्टेन फ्लाइट’ गरेको हो।

नेपालगञ्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि गरिएको पर्वतीय उडान सफल भएको कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए।

कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको नेपाल तर्फबाट पहिलो पटक हो। नेपालगन्जबाट नेपाली, भारतीयसहित विदेशी धार्मिक पर्यटक आकर्षित गर्न सकिने एयरलाइन्सले जनाएको छ।

सोमबार भएको उडानमा श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्टिालिटी ग्रुप नेपालगञ्ज र पाथहिल होलिडेज काठमाडौंको सहकार्यमा २७ हजार फिट उचाइबाट उडान गरिएको छ।

उक्त उडानमा क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना रहेका थिए। ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सकिन्छ।

श्रीएयरलाइन्सले नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपति समेत दर्शन गराउने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *