वाइफाइको पासवर्ड बिर्सिनुभयो, ल्यापटपबाट यसरी पत्ता लगाउनुहोस्

नेपाल आज बिज्ञान-प्रबिधि शिक्षा समाचार

काठमाडौं । आम रुपमा घर तथा अफिसको वाइफाइको पासवर्ड परिवर्तन गर्दैनौँ । त्यसैले हामीले पासवर्ड याद पनि गरेका हुँदैनौँ ।

एकपटक नेटवर्कमा कनेक्ट भएको डिभाइसमा पुनः पासवर्ड हाल्नु नपर्ने भएकाले हामीले वाइफाइको पासवर्ड बिर्सिसकेका हुन्छौं प्रायः ।

तर जब हाम्रो डिभाइसहरु फर्म्याट हुन्छन् वा घरमा आएका नयाँ पाहुनालाई पासवर्ड बताउनु पर्छ तब बल्ल हामीलाई पासवर्ड बिर्सिएको हेक्का हुन्छ ।

तपाईंको ल्यापटपमा पहिले नै कनेक्ट भएको वाइफाइको पासवर्ड पत्ता लगाउने तरिका चाहिँ यस्तो छ ।

सबैभन्दा पहिले कम्प्युटरलाई वाइफाइमा कनेक्ट गर्नुहोस्

इन्टरनेट कनेक्ट भएसँगै control panel  गएर network and sharing center  अप्सनमा क्लिक गर्नुहोस्

त्यसपछि change adaptor setting  मा क्लिक गर्नुहोस्

त्यहाँ क्लिक गरिसकेपछि उक्त वाइफाइ नेटवर्कमा राइट क्लिक गर्नुहोस् जसको तपाईंले पासवर्ड भुल्नुभएको छ ।

राइट क्लिक गरेपछि तपाईंले status को अप्सन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस्

त्यसपछि wireless properties  मा क्लिक गर्नुहोस्

त्यहाँ connection and security  को अप्सन देखिनेछ, त्यहाँ क्लिक गर्नुहोस्

त्यसपछि network security  को अप्सन देखिनेछ

त्यसको ठीक तल तपाईंले show characters  को विकल्प देख्नुहुनेछ । त्यहाँ क्लिक गरेर तपाईंले आफ्नो वाइफाइको पासवर्ड थाहा पाउन सक्नुहुनेछ ।

– एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *