कोलेस्टेरोल नियन्त्रण गर्ने ७ खानेकुरा : द लिडिङ नेपाल

नेपाल आज शिक्षा स्वास्थ

स्वस्थ कोषिकाहरू, भिटामिन डी, पाचन र इस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन, कोर्टिसोल र एल्डोस्टेरोन जस्ता धेरै हर्मोनको निर्माणका लागि कोलेस्टेरोल आवश्यक हुन्छ ।

कोलेस्टेरोल दुई प्रकारका हुन्छन्- एलडीएल र एचडीएल ।

एलडीएलको पूरा रुप लो डेन्सिटी लिपोप्रोटिन हो । यसलाई खराब कोलेस्टेरोल पनि भनिन्छ । हाम्रो रगतमा एलडीएल बढ्यो भने रक्तनलीमा जम्मा हुन थाल्छ । यो अवस्थालाई प्लेक (ढिक्का) भनिन्छ । रक्तनलीमा प्लाक जम्यो भने रक्तनली साँघुरिन गई रगत प्रवाह हुन गाह्रो हुन्छ ।

यसले हृदयघातको जोखिम बढाउँछ । एलडीएल कोलेस्टेरोलको स्तर १०० मिलिग्राम प्रतिडेसिलिटर भन्दा कम हुनुपर्छ । यो भन्दा बढ्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

एचडीएलको पूरा रुप हाई डेन्सिटी लिपोप्रोटिन हो । यसलाई राम्रो कोलेस्टेरोल मानिन्छ । यसले हाम्रो रक्तनलीबाट एलडीएल कोलेस्टेरोल हटाउन मद्दत गर्छ । यसले मुटुको स्वास्थ्य राम्रो राख्छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार स्वस्थ रहन हामीले एचडीएल कोलेस्टेरोललाई ६० मिलिग्राम प्रतिडेसिलिटर वा सोभन्दा बढी राख्ने प्रयास गर्नुपर्छ । हाम्रो कुल कोलेस्टेरोल स्तर २०० भन्दा कम हुनुपर्छ ।

खानाले कोलेस्टेरोल कसरी घटाउँछ ?

खराब कोलेस्टेरोल धेरै कारणले बढ्छ, जसमा दैनिक दिनचर्याको अनियमितता, अत्यधिक मदिरा सेवन, मोटोपन, अन्य स्वास्थ्य समस्या पर्छन् । तर यी सबै कारणमध्ये खराब कोलेस्टेरोल बढ्नुमा आहार सबैभन्दा बढी जिम्मेवार छ । यस्तो अवस्थामा यदि हामीले आफ्नो खानपानलाई सन्तुलनमा राख्यौं भने यो समस्याबाट धेरै हदसम्म छुटकारा पाउन सकिन्छ ।

खराब कोलेस्टेरोललाई घटाउन प्रशस्त मात्रामा फाइबरयुक्त खानेकुरा खानुपर्छ । आहारमा नियमित फाइबरको प्रयोग गरियो भने एलडीएल कोलेस्टेरोलको स्तर कम गर्न सकिन्छ । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार यदि घुलनशील फाइबर खाइयो भने त्यो जेली जस्तै हाम्रो आन्द्रामा जम्मा हुन्छ । यसले पाचन प्रक्रियालाई सुस्त बनाउँछ । यसले कोलेस्टेरोललाई रक्त प्रवाहमा पुनः अवशोषित हुनबाट रोक्छ र विकारको रुपमा शरीरबाट निस्कन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *