तुलसीपुरमा विहीबारदेखि सुरु भएको महोत्सवको सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले राजीनामा दिएका छन् । महोत्सव जस्तो सम्बेदनशील विषयमा मुल आयोजक समितिले कुनै चासो नदिएकाले राजीनामा दिएको उनले बताए ।
महोत्सवमा सुरक्षा मजवुत हुनुपर्छ । तर, त्यसमा मुल समितिले कुनै चासो नदिएको उनको आरोप छ । महोत्सवमा सुरक्षामा अलिकति पनि कमजोरी भएमा त्यसले ठूलो असर गर्न सक्ने भन्दै यसलाई ख्याल नै नगर्दा राजीनामा दिन बाध्य भएको उनको भनाई छ । पटक–पटक यो विषयलाई गम्भीर रुपमा लिन मुल समितिलाई आग्रह गरेको भएपनि त्यसमा चासो नदिएको उनको भनाई छ ।
महोत्सवको सुरक्षाकालागि कुनै बजेट पनि ब्यबस्था नगरेको, सुरक्षा रणनीतिक योजना पनि नबनाएको उनको भनाई छ । मुल समितिले स्थानीय प्रहरी प्रशासनसंग समेत कुनै समन्वय नगरेको, स्वयंसेवक परिचालनमा समेत चासो नदिएको उपाध्यक्ष समेत रहेका बाँठाले बताए ।
बाँठालाई मुल समितिले केही समय अघि मात्रै सुरक्षा समितिको जिम्मेवारी दिएको थियो । उनले यस अघि आफै पनि यस्ता महोत्सव सञ्चालन गर्दै आएका ब्यक्ती हुन् । उनी महोत्सव सञ्चालनका सन्दर्भमा अनुभवी ब्यक्ती हुन् । महोत्सव विहीबारदेखि सुरु भएको छ ।