तुलसीपुर, २३ भदौ ।
‘जेन जी’ पुस्ताले दाङमा पनि प्रदर्शन गर्ने भएका छन्। तुलसीपुर,घोराहीलगायतका सहरमा उनीहरुले प्रदर्शन गर्न लागेका हुन् । भदौ २३ गते सोमबार युवाहरूले भ्रष्टाचारविरुद्ध ठूलो विरोध प्रदर्शन गर्न लागेका छन् । तुलसीपुरमा बिहान ११ बजे कालिका मन्दिरदेखी प्रदर्शन सुरु हुने जनाइएको छ ।
‘When Gen Z Rises, Corruption’ भन्ने नारासहित हुने प्रदर्शनमा “Enough Already”, “End Corruption”, “We Pay, You Flex” जस्ता सन्देशसहित युवाहरूले शासन व्यवस्थामा मौलाउँदै गएको भ्रष्टाचार अन्त्य गर्न सरकारसँग दबाब सिर्जना गर्ने बताइएको छ ।
तुलसीपुर मात्र नभई काठमाडौं, पोखरा, बिराटनगर, नेपालगञ्ज, चितवनलगायतका शहरहरूमा पनि एकैसाथ युवाहरू सडकमा उत्रिने तयारी भइरहेको छ । उनीहरूले “Stand with us, Be the Change” भन्ने सन्देशमार्फत सबैलाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेका छन् ।
