सिरियाको माइनस २० डिग्री तापक्रममा ड्युटी गर्दै नेपाली सेना

फोटोफिचर राजनीति विचार समाचार

नेपाली सेनाले सिरियाको अत्यन्तै चिसो मौसममा पनि कर्तव्य निर्वाह गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घको विच्छेदन पर्यवेक्षक बल (यूएनडी ओएफ) अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदन शील माउण्ट हर्मनको २० फिटको हिउँ र माइनस २० डिग्री सेल्सियस चिसो कठ्याङ्ग्रिँदो सिरेटोमा पनि ड्युटी निर्वाह गर्दै आइरहेका छन् ।

यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकाले शान्ति सैनिकहरू तैनाथ गरिएका छन। विश्वको सबैभन्दा अग्लो ठाउँमा शान्ति सैनिक तैनाथ भएको माउण्ट हर्मन क्षेत्रमा अहिले पनि ठूलो सङ्ख्यामा विद्यु तीय धरापहरू छन् भने द्वन्द्वरत सशस्त्र समूहको चलखेल बढेको नेपाली सेनाले जनाएको छ ।

झण्डै ६ महिना हिमपात हुने गोलान क्षेत्रमा खटिने नेपाली सैनिकले मुस्ताङ जिल्लाको कैसाङ उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्ध कलासम्बन्धी तालिम प्राप्त गरि हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन् । सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको माउण्ट हर्मन इलाकामा हिँउमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरू पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाहीहरू सञ्चालन गरिन्छ ।

नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति रहेको सिरिया मिसनमा नेपाली सेनाको डाक्टर अधिकृतसहितको मेडिकल टिम र आन्तरिक द्वन्द्वकाे कारण विद्रोहीहरूबाट क्षति पुर्‍याइएका शान्ति सैनिकहरूको ब्यारेक संरचनाहरू पुनर्निर्माण र ब्यारेक स्थानहरूको सुरक्षा मजबुत बनाउन नेपाली सेनाको इञ्जिनियर टिम पनि कार्यरत छ । नेपाली सेनाको कार्य क्षमता, पेसागत दक्षता र विश्वसनीयताकाे कारण मिसनमा नेपाली शान्ति सैनिकहरूको संयुक्त राष्ट्र सङ्घ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुँदै आइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *