दाङ जिल्लाको तुलसीपुरस्थित वीरेन्द्र चोकमा शिवसेना नेपाल, दाङको आयोजनामा एक बृहत् सभा सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा अन्य राष्ट्रवादी साथीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राष्ट्र, धर्म, र संवैधानिक राजतन्त्रप्रति अटुट आस्था राख्ने सम्पूर्ण बन्दीहरूको तत्काल रिहाइको माग गर्दै जनसभा सम्पन्न गरिएको हो।
वक्ताहरूले हाल राष्ट्रवादीहरूमाथि गरिएको धरपकडको कडा आलोचना गर्दै, यस्तो दमनको विरुद्ध शान्तिपूर्ण तर दृढ आन्दोलन जारी राख्ने घोषणा गरेका थिए।
सभाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको पुनर्स्थापनाका लागि राष्ट्रव्यापी जनजागरण अभियान चलाउनुपर्ने आवश्यकतामा समेत जोड दिएको थियो।