पृथ्वीनारायण शाह राष्ट्र निर्माणका महान नायक हुन्ः मन्त्री आले

कला/साहित्य नेपाल आज फोटोफिचर बिचित्र संसार समाचार

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका छन्।

सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन्।

उनले पृथ्वीनारायण शाहका विचारहरु आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको बताए। मन्त्री आलेले नेपालीहरुले आफूलाई नेपाली भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु नहुने बताए।

मन्त्री आलेले भने, ‘पृथ्वीनारायण शाहलाई एक राजाका रुपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान नेपाल राष्ट्रको निर्माणमा महान नायकको रुपमा लिनुपर्दछ भन्ने मलाई लाग्छ। यदि हामीले आफूलाई नेपाली हौँ भन्ने कुरामा गर्व गर्छौं भने पृथ्वीनारायण शाहलाई हामीले कहिल्यै बिर्सन सक्दैनौँ र बिर्सनु पनि हुँदैन। आफ्नो दिव्य उपदेशमा उहाँले व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र सम्बन्धी, असंलग्न विदेश नीति सम्बन्धी, व्यापार सम्बन्धी, राज्य सञ्चालन सम्बन्धी, जुन नीति र विचारहरु दिएका छन्, ती दूर दृष्टियुक्त छन्। तिनको उपयोगिता र महत्व आज पनि त्यत्तिकै छ र तिनलाई हामीले ग्रहण गर्न अफ्ठ्यारो मान्नु हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *