शिखर अर्गेनाइजेसन र भारतस्थित कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेड बीच लगानी समझौता

अन्तराष्ट्रिय नेपाल आज फोटोफिचर समाचार

शिखर अर्गेनाइजेसन र भारतस्थित कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेड बीच लगानी
समझौता भएको छ । यसैगरी कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेडले शिव शिखर
बहुउद्देशीय सहकारी लिमिटेड एवं तुलसी बहुउद्देशीय सहकारी लिमिटेडसँग पनि छुट्टै
लगानी समझौता गरेको छ । झन्डै ४२ अर्ब लगानीको यो सम्झौताले शिखर
अर्गेनाइजेसनको उत्पादनको बजारीकरणमा थप लाभ पुग्ने अपेक्षा गरिएको छ ।।
शिखर अर्गेनाइजेसन र भारतस्थित कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेड बीच लगानी
समझौता भएको छ । समझौता बमोजिम भारतस्थित कासी विशेश्वरा प्राइवेट लिमिटेडले
१६ सय करोड भारतीय रुपैया अर्थात २५ सय साठी करोड नेपाली रुपैयाँ लगानी गर्ने
भएको छ । कासी विशेश्वराले २०२३ अप्रिलमा ३ सय करोड लगानी गर्नेछ । यसैगरी २०२३
जुलाई महिनामा अर्को तीन सय करोड , २०२३ अक्टोबर महिनामा ५ सय करोड र बाँकी
पाँच सय करोड २०२३ को डिसेमबर महिनामा लगानी गर्नेछ । यसरी गरिने सबै लगानी
स्वच्छ, पारदर्सी र भारविहिन हुने हुनेछ । दुई संस्थाबीच भएको लगानी समझौताले
नेपालस्थित शिव शिखर अर्गेनाइजेसनको उत्पादनहरुको थप बजारीकरणमा लाभ हुने अपेक्षा
गरिएको छ ।
यसैगरी कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेडले शिव शिखर बहुउद्देशीय सहकारी
लिमिटेड एवं तुलसी बहुउद्देशीय सहकारी लिमिटेडसँग पनि छुट्टै लगानी समझौता गरेको
छ । समझौता बमोजिम भारतस्थित कासी विशेश्वरा प्राइवेट लिमिटेडले एक हजार करोड
भारतीय रुपैया अर्थात १६ सय करोड नेपाली रुपैयाँलगानी गर्ने भएको छ । कासी
विशेश्वराले २०२३ अप्रिलमा ३ सय करोड लगानी गर्नेछ । यसैगरी २०२३ जुन महिनामा
अर्को तीन सय करोड र २०२३ सेप्टेम्बर महिनामा बााकी चार सय करोड लगानी गर्ने
समझौतामा उल्लेख छ । भक्तपुरको मध्यथिमी प्रधान कार्यालय रहेको शिखर
अर्गेनाइजेसनले दाल, चामल, चिनी, मह, पिठो, चकलेट, खानेपानी, अचारलगायतका कृषि,
खाद्यान्न, ब्यापरिक केन्द्र र सहकारी संस्था संचालन गर्दै आएको छ । अर्गेनाइजेसनलेदेशका
विभिन्न शहरमा गार्डेन मार्टको नाममा २० वटाभन्दा बढी डिपार्टमेन्ट स्टोर संचालन गर्दै
आएको छ । यी संस्थाहरुले स्वेदसी उत्पादनको प्रोत्साहन, बजारीकरण र रोजगार प्रवद्र्धनका
साथै स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । शिखर अर्गेनाइजेसनको
छाता मुनी देशभरिमा ४१ वटा व्यवसायिक संस्थाहरु संचालनमा छन । अर्गेनाइजेसन
कासी विशेश्वरासँग भएको यो समझौताले शिव शिखर र तुलसी बहुद्देश्यीय सहकारी
लिमिटेडको अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ । यसका साथैै आर्थिक मन्दीका
कारण दुवै संस्थामा देखिएको आर्थिक संकट पनि अन्त्य हुने जनाउदै बचतकर्तालाई
नआत्तिन समेत आग्रह गरिएको छ ।
यसैगरी ललितप्रसाद कासीको स्वामीत्वमा संचालित भारतको तेलंगनास्थित हैदरावाद प्रधान
कार्यालय रहेको कासी विश्वेसरा प्राइवेट लिमिटेडलेहेमाटाइट,म्याग्नाटाइट, लिमोनाइट,
साइडराइट जस्ता फलाम अयस्कहरु उत्खनन गर्दै आएको छ । भारत मात्र नभई विश्व
बजारमा संस्थाले आफ्नो उत्पादनको बजारीकरण गर्दै आएको छ ।
दुइृ संस्थाबीच भएको लगानी समझौतामा कासी विश्वेसरालेशिव शिखर बहुउद्देशीय
सहकारी लिमिटेड एवं तुलसी बहुउद्देशीय सहकारी लिमिटेडको ८० प्रथिशत शेयर समेत
खरिद गर्नेछ । यसका साथै लगानीकर्ता संस्था अन्तर्गत रहेर बजारीकरणको आगामी नीति
तय गर्नेछ । समझौताले शिव शिखर बहुउद्देशीय सहकारी लिमिटेड एवं तुलसी बहुउद्देशीय
सहकारी लिमिटेड र भारतस्थित कासी विशेश्वरा मिनरल प्राइवेट लिमिटेडका उत्पादन
विश्व बजारमा पुग्न सहज बनाउने अपेक्षा गरिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *